Home / Feature Breaking news / खड्काको निधनमा काग्रेसले तीन दिनसम्म पार्टीले आधा झण्डा झुकाउने

खड्काको निधनमा काग्रेसले तीन दिनसम्म पार्टीले आधा झण्डा झुकाउने

दाङ, १७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति नेपाली काँग्रेस दाङले गहिरो दुःख व्यक्तगरेको छ । लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक अनुभवी नेता गुमाएको काँग्रेस दाङले जनाएको छ ।

शनिवार  विहान पार्टी कार्यालयमा बसेको बैठकले १२ दिनसम्म जिल्ला समिति,क्षेत्रीय,नगर,गाउँ तथा वडा कार्यसमितिको कार्यालयमा पार्टीको आधा झण्डा झुकाउदै स्वर्गीय खडकाको फोटोसँगै शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
साथै १३ दिनसम्म कुनै पनि पार्टीका आधिकारिक गतिविधि नगर्ने समेत निर्णय गरेको छ । बैठकपछि जिल्ला कमिटिले गरेका निर्णय सार्वजनिक गदै नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले पार्टीका पूर्व जिल्ला सभापति पूर्व गृहमन्त्री स्वर्गीय खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक अनुभवी नेता गुमाएको बताए । काँग्रेसले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना र स्वर्गीय खड्काप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीले जिल्ला कार्यालय दाङको पार्टी कार्यालयमा शान्तिदिपराख्ने,खडकाको अस्तु धार्मिक कार्यअनुसार धार्मिक स्थल तथा घाटमा सेलाउने निर्णय गरेको जिल्ला सचिव शंकर डाँगीले बताए । त्यसैविच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति नेपाल नेत्रज्योति संघ दाङले दुःख व्यक्तगरेको छ ।

संघले विकाश प्रेमी लोकतान्त्रिक आन्दोलनमा अविश्राम कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक अनुभवी नेता गुमाएको बताएको छ । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी र सचिव सुरेन्द्रबहादुर खड्काले संयूक्त विज्ञप्ती जारी दुःख व्यक्तगरेका हुन । साथै विज्ञप्तीमा े दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना र स्वर्गीय खड्काप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*