Home / Feature Breaking news / ढले विकासका सारथी !

ढले विकासका सारथी !

दाङ,१७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ । विकासका सारथीका रुपमा परिचित खड्काको उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ एपोलो अस्पतालमा निधन भएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका ६६ वर्षीय खड्का मृर्गौला रोगले पीडित थिए । उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए ।
दाङको सर्पित काँग्रेस परिवारमा जन्मेका खुमबहादुर खडकाको परिचय प्रखर क्रान्तिकारी व्यक्तित्व हो । २००८ साल जेठ १२ गते वुवा टेकबहादुर खडका र आमा चन्द्रकली खडकाको काइलो सन्तानको रुपमा साविक धर्नामा खड्काको जन्म भएको थियो ।
२००७ सालको क्रान्तिपछि कोइलाबासका साहयक क्लेकटर बनेका पिता टेकबहादुर खडकाका कारणले काँग्रेसप्रति आस्थावान भएका खड्का भरतपुर हाइस्कुलमा पढनेबेलावाट नै प्रजातन्त्रको लागि आफुलाई सधै होम्न तयार भए । खुमबहादुर खड्कामा जति जती राजनीतिक चेतनाको विकासहुदै गयो, निरकुश पञ्चायत व्यवस्थाप्रति उनको आक्रोशपनि बढदै गएको थियो ।

khumbahadur (1)

दाङवाट एसएलसी पास गरि नेपालगन्जमा क्याम्पस पढदै गर्दा २०२७ पुस १ गते घोराहीमा राजा, रानीको फोटो च्यातेर प्रशासनको घेरा तोडदै उनि बनारस पुगेका थिए । खडका त्यहाँ छात्रसँगका अध्यक्ष भए । राजनीतिक सक्रियतासँगै उनी राप्ती तरुणदलको सभापति बनेर काम गरेका थिए ।
ीवसं २०२८ सालमा काँग्रेसद्धारा संचालित सशस्त्र संर्घषमा भाग लिएका थिए । त्यसबेला पञ्चायतले खडकाको अंश सर्वश्व गरेको थियो । उनि वनारसमा निर्वाशित जिवन विताइरहेका थिए । विपि कोइरालाको साथमा राष्ट्रिय एकता र मेलमिलापको निति अन्तर्गत २०३३ साल माघ १६ गते नेपाल फिर्ता भएका थिए ।

खडका २०३९देखि २०४१सम्म दाङ काँग्रेसको सभापति भएका थिए भने ततपश्चात उनि हालसम्म निरन्तर केन्द्रीय सदस्य भएका थिए । स्वेदश प्रवेशसँगै उनले ५ वर्ष कठोर काराघारको जिवन समेत विताएका थिए । २०४२ सालमा सत्याग्रहमामा खड्का जेल परेका थिए ।

२०४६ सालमा राप्ती अञ्चलको कमाण्डरको रुपमा काम गरेका थिए । जनआन्दोलनको दौडानमा जेल परेर प्रजातन्त्र पुर्नस्थापनापछि खडका मुक्त भएका थिए । २०४८ सालको आम निर्वाचनमा खड्का दाङ क्षेत्र न ३ वाट पहिलो पटक निर्वाचित भएका थिए ।

निर्वाचितसँगै खडका निर्माण तथा यातायात मन्त्री भएर काम गरेका थिए । विसं २०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र ४ वाट चुनाव जितेर खड्का गृहमन्त्री बनेका थिए । विसं २०५६ सालको आम निर्वाचनमा खडकाले दाङ क्षेत्र न १ वाट समेत चुनाव जितेका थिए । खडका २०४८, २०५१ र ०५६मा गरेर ८ पटक मन्त्री भएका थिए । २०५८ असोजमा तत्तकालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन सार्ने प्रस्तावप्रति गृहमन्त्री छदै खड्काले असहमति जनाएका थिए । असोज १८ को राजाको ‘क’ु पछि खडका राजाको तारो बनेका थिए ।

विसं २०६२÷६३ को आन्दोलनपछि पुनसर््थापित संसदका सदस्य खड्का कांग्रेसको धर्म निरपेक्ष नितिप्रति असहसहत रहंदै हिन्दु राष्«को मागलाइ चर्को रुपमा उठाउंदै आएका थिए । हाल उनी गम्भीर अस्वस्थताका वावदुत पनि दाङलाइ प्रादेशिक राजधानी बनाउने अभियानमा थिए । गोरक्ष संग पटक पटक कुरा गर्दै उनले दाङलाइ राजधानी बनाउन आफुले एमएले संग सहकार्य गरीरहेको समेत बताएका थिए ।
उनी पाँच वर्ष नपुग्दै आमा चन्द्रकला खड्काको मृत्यु भयो । उनको परिवार राजनीतिक थियो। उनका बुवा टेकबहादुर खड्का कांग्रेसका जिल्लास्तरीय नेता थिए । पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दापढ्दै उनी कांग्रेसको राजनीति लागेका थिए।

hqdefault
जिल्ला अदालत दाङ देउखुरीकोको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्नराज्यलक्ष्मीको तस्बिर ढुंगा हानेपछि उनलाई राजद्रोहको मुद्दा लाग्यो। मुद्दा लागेपछि खड्कासहित ७ जना भागेर बनारस पुगेको उनका सहपाठी घोराहीका तीर्थराज (चैतु) ले बताए ।

बनारसमा खड्काको वीपी कोइरालासँग भेट भयो। उनी वीपीसँग नजिकिए । २०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति ल्याएर नेपाल फर्किँदा खड्का पनि सँगै आएका थिए । खड्का २८ वर्षको उमेरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

विसं २०३३ सालमा पक्राउ उनी पक्राउ परे। ३६को जनमत संग्रहका बेला उनी जेलबाट निस्किए । त्यसपछि पनि बेलाबेला जेल परे । विसं २०४८ सालमा भएको आम निर्वाचन उनले राप्तीको कांग्रेस कमाण्ड सम्हालेका थिए। त्यतिबेला राप्तीका ९ वटै क्षेत्रमा कांग्रेसले जितेको थियो ।

२०४८ सालमा पनि खड्का पहिलो पटक भौतिक निर्माण तथा यातायात मन्त्री भए। २०५२ सालमा उनी गृहमन्त्री भए ।
२०५९ सालमा उनीमाथि भ्रष्टाचार मुद्दा लाग्यो। उनी दोषी ठहर भए र जेल परे। २ वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा खड्काले दोस्रो बढी मत पाएर केन्द्रीय सदस्य भएका थिए । खड्काका श्रीमती, एक छोरा र एक छोरी छन ्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*