Home / Feature Breaking news / बजेट अभावमा खानेपानीका योजना

बजेट अभावमा खानेपानीका योजना

लिलाधर वली

दाङ,२७ मंसिर । संघीय सरकारका सशर्त अनुदानका खानेपानी आयोजनामा प्राप्त बजेट नहुँदा खानेपानी आयोजना निर्माणमा ढिलाई हुने गरेको छ । संघीय सरकारले प्राप्त बजेट नदिदा जिल्लामा ८२ वटा खानेपानीका आयोजनाहरु बर्षौसम्म पनि सम्पन्न हुन सकेका छैनन् । योजनाहरु सम्पन्न हुन नसक्दा उपभोक्तालाई स्वच्छ खानेपानी पु¥याउन समेत समस्या परेको छ ।

खानेपानी सरसफाई तथा डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधी पोख्रेलका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को पवननगरमा रहेको छोटे खानेपानी आयोजना त्यस्तै मध्यको एउटा योजना हो । आर्थिक बर्ष २०७२ ÷०७३ सालदेखि सुरु भएको खानेपानी योजना अझै पुरा हुन सकेको छैन । दुई करोड ६० लाख बढि लागत स्टिमेड योजनाको अहिलेसम्म आधा पनि काम हुन सकेको छैन । जसको काम प्राप्त बजेट नहुन रहेको कार्यालय प्रमुख पोख्रेलले बताए ।

सरकारले खानेपानी योजनाका लागि आवश्यक बजेट बिनियोजन गर्द नसक्दा अहिलेसम्म एउटा मात्र स्किम पुरा भएको छ । अर्काे स्किम पुरा गर्नका लागि एक करोड ३० लाख बढि बजेट आवश्यक पर्ने भएपनि सरकारले यो एक लाख लाख रुपैयाँ छुट्याएको छ । उच्च प्रविधि युक्त आयोजनामै सरकारले प्राप्त बजेट बिनियोजन नगर्दा खानेपानी आयोजना निर्माणमा समस्या हुने गरेको छ । ‘उपभोक्ताहरु कहिले योजना बन्ला र पानी खाउँला भन्नेमा छन’, कार्यालय प्रमुख पोख्रेलले भने,‘तर सरकारले भने आवश्यक बजेट बिनियोजन नै गर्दैन, बजेट नहुदाँ बर्षेनी काममा ढिलाई हुने गरेको छ ।’

त्यस्तै अवस्थामा रहेको छ तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत सञ्चालित घोराही उपमहानगरपालिका–६ मा रहेको सौडियार २, ३ र ४ खानेपानी आयोजनाको पनि । २०७३ सालदेखि खानेपानी योजना निर्माणको काम सुरु भएपनि अहिलेसम्म करिव १५ प्रतिशत मात्र काम भएको छ । काममा ढिलाई हुनुको मुख्य कारण आयोजनामा प्राप्त बजेट नहँुनै रहेको कार्यालयले जनाएको छ । खानेपानी आयोजनाका लागि आवश्यक बजेट नहुँदा आयोजना निर्माणको कामले गतिलिन सकेको छैन । यो खानेपानी आयोजनाको कुल लागत स्टिमेट १३ करोड ११ लाख ९३ हजार बढि रहेको छ तर सरकारले अहिलेसम्म प्राप्त बजेट नदिएको कार्यालयले जनाएको छ ।

१३ करोडको योजना निर्माणका लागि सरकारले यो बर्ष ३० लाख रुपैयाँ बिनियोजन गरेको खानेपानी तथा सरसफाई कार्यालय दाङका इन्जिनियर देवप्रसाद आचार्यले बताएका छन । ‘खानेपानी आयोजना निर्माणका लागि प्राप्त बजेट नहुँदा किस्ता–कस्तामा काम गर्नुपर्ने बाध्यता रहेको छ’,इन्जिनियर आचार्यले भने,‘ सरकारले थोरै बजेट दिदा चाडै सम्पन्न गर्न सकिने योजनाहरु समेत ढिलाई हुने गरेका छन ।’ योजनाको स्टिमेट अनुसारको बजेट नहुदाँ धेरै योजनाहरु समयमै सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । बजेट अभावकै कारण कतिपय योजनाहरु दशौ बर्षदेखि अलपत्र अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत ५६ वटा खानेपानी आयोजना र उच्च प्रविधि युक्त केन्द्रीय खानेपानी कार्यक्रम अन्तर्गत जिल्लामा २६ वटा आयोजनाहरु निर्माणको प्रक्रियामा रहेका छन । ती आयोजना सम्पन्न गर्नका लागि संघीय सरकारले प्राप्त बजेट बिनियोजन गर्न नसक्दा खानेपानी योजना निर्माणमा समस्या देखिएको खानेपानी सरसफाई तथा डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधी पोख्रेलले जानकारी दिएका छन । बजेट अभावका कारण कतिपय ठाउँमा डिपबोरिङबाट पानी ओभरहेड ट्याङकीमा जग्गा गरेर पानी वितरण गर्नुपर्ने भएपनि ओभरहेड ट्याङकी नहुँदा सिधै डिपबोरिङबाट पानी वितरण गर्नुपर्ने बाध्यता रहेको समेत बताए ।

सरकारले खानेपानी योजना सम्पन्न गर्नका लागि आवश्यक बजेट नियोजन गर्न नसक्दा खानेपानी योजनाहरु निर्माण हुन नसकेको प्रमुख पोख्रेलले बताए ।‘ खानेपानीका केन्द्रीय सशर्त अनुदानका कार्यक्रममा न्यून बजेट छ, जसले गर्दा खानेपानीका आयोजना निर्माणमा समस्या छ’,कार्यालय प्रमुख पोख्रेलले भने,‘करोडका योजनाहरुमा ५० हजार, १ लाख रुपैया मात्रै आउने गरेको छ ।’ जसले गर्दा खानेपानी योजना निर्माणमा ढिलाईसँगै गणस्तरियतामा समेत प्रश्न उठ्ने गरेको छ । कार्यालय प्रमुख पोख्रेलका अनुसार जिल्लामा सर्शत अनुदानतर्फका ८२ वटा खानेपानी आयोजना निर्माणका लागि संघीय सरकारले करिव १४ करोड बजेट बिनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*