Home / समाचार / नेकपाले जितेको अर्घाखाचीको मालारानी–३ मा कांग्रेसका खनाल विजयी

नेकपाले जितेको अर्घाखाचीको मालारानी–३ मा कांग्रेसका खनाल विजयी

अर्घाखाँची,१४ मंसिर। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका उम्मेदवार शोभाखर खनाल बिजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा पहिले तत्कालिन एमालेका जीवन चौहानले जितेका थिए । उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

गत स्थानिय निर्वाचनमा पनि ३६ मतले पराजय भएका खनाल यो पटक भने १०६ मतले विजयी भएका हुन्।

यो क्षेत्र तत्कालिन एमालेको गढ मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*