Home / प्रदेश समाचार / कपिलवस्तुमा छुट्टछुट्टै घटनामा ४ जनाको मृत्यु

कपिलवस्तुमा छुट्टछुट्टै घटनामा ४ जनाको मृत्यु

दाङ, १९ साउन
कपिलबस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको ज्यान गएको छ । आज दिउँसो साढे एकमा पूर्वपश्चिम लोकमार्ग अन्र्तगत जिल्लाको बनगाई–गोरुसिंगे सडकखण्डको कोन्द्रे खोला नजिक बस र मोटरसाइकल एकापसमा ठोकिदां मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंबाट धनगढी जादैं गरेको ना ५ ख ३३७१ नम्बरको बसले रा ४ प ४४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट रोल्पा जिल्ला जाउलीपोखरी बस्ने बर्ष ३८ का हुमबहादुर पुन मगरको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । मोटरसाइकलमा सवार अन्य पुनकी श्रीमती र डेढ बर्षिय छोराको अवस्था गम्भिर रहेको छ ।

खोलाले बगाउँदा बाणगंगा नगरपालिका वडा नं. ११, विजयनगर गाउँपालिका वडा नं. १ र शिबराज नगरपालिका वडा नं. ९ मा ३ जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं. ११ मा पर्ने मधुनिधिघाट खोलामा डुबेर एक युवकको मृत्यु भएको हो । स्थानीय मिठ्ठु चौधरीका छोरा १७ वर्षका सागर थारु खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।

खोलामा पुगेको भैंसी निकाल्न जाने क्रममा डुबेर बेपत्ता भएका थारु घटनास्थलदेखि १०० मिटर तल नदि किनारमा मृत भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
आफन्तको मृत्युको किरिया गर्ने क्रममा विजयनगर गाउँपालिका वडा नं १ नौडिहवामा स्थित बिसहवा खोलामा गएर फर्कदा सोहि खोलाले बगाउँदा ५० बर्षिय पुष्टे सुनारको मृत्यु भएको छ । सोहि ठाउमा रोल्पा नै घर भई विजयनगर गाउँपालिका वडा नं १, नौडिहवामा आफन्तको घरमा आएका अन्दाजि ५१ बर्षिय नेत्र सुनार भने खोलामा डुबेर बेपत्ता भएको गणेशपुर प्रहरी चौकीले जनाएको छ । शिबराज ९ शिबगढी बानियाँभारमा कक्षा ४ मा अध्यनरत ८ बर्षिय संदिप बि.क.को पनि खोलामा डुबेर मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*