Home / Feature Breaking news / दाङमा वडा अध्यक्षलाई काेराेना संक्रमण

दाङमा वडा अध्यक्षलाई काेराेना संक्रमण

घाेराही, २० जेठ
दाङमा एक वडा अध्यक्षलाई काेराेना संक्रमण भएकाे छ । जिल्लाकाे बंगलाचुली गाँउपालिका वडा नम्बर ५ का अध्यक्षलाई काेराेना संक्रमण पुष्टि भएकाे पालिका स्राेतले जानकारी दिएकाे छ ।

मंगलवार दाङका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बंगलाचुलीकाे वडा नम्बर ५ का ५ जनालाई संक्रमण पुष्टि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएकाे छ । साेही पाँच जनामध्य वडा अध्यक्षलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे बंगलाचुली गाँउपालिका स्राेतले जानकारी दिएकाे छ ।

भारतबाट अाएका युवाहरूसँग क्वारेनटाईन व्यवस्थापनका क्रममा सम्पर्कमा रहेकाले वडा अध्यक्षलाई संक्रमण भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
वडा अध्यक्षलाई नै काेराेना संक्रमण भएपछि बंगलाचुलीमा त्रास बढेकाे छ । उनी धेरै व्यक्तीहरूसँग सम्पर्कमा पुगेकाले त्रास बढेकाे पालिक स्राेतले बताएकाे छ ।

भारतबाट अाएका व्यक्तीहरूसँगकाे सम्पर्कबाट काेराेना सरेकाे ये पहिलाे घटना हाे । उनी संक्रमण हुने जिल्लाका पहिलाे जनप्रतिनिधी पनि हुन् ।

दाङकाे बंगलाचुली गाँउपालिका वडा नम्बर ७ का १ जना, वडा नम्बर ५ काे पाँच जना, राप्ती गाँउपालिकाकाे १ का १ जना र वडा नम्बर ७ काे १ जना गरि मंगलवार ८ जनामा काेराेना संक्राण पुष्टि भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*