घोराही, २१ असोज
सवारी दुर्घटना न्यूनिकरणकालागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रम अन्तरगत अटो रिक्सा चालकहरुलाई सचेतना कार्यक्रम हुने भएको छ ।
दिन प्रति दिन बढ्दै गईरहेको सवारी दुर्घटना, दुर्घटना बाट हुने धनजनको क्षेति, बढ्दो शहरिकरण सँगै सवारी साधनको चापमा बृद्धिका कारण सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै कार्यक्रम हुने भएको हो ।
सम्भावित क्षतिलाई न्युनिकरण गर्ने उदेश्यका लागी २३ गते सोमबार कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।
विहान ८ बजेदेखी घोराही भरतपुरमा रहेको सल्यानी भवनमा हुने अटो रिक्सा, ई–रिक्सा र टेम्पोका चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिईने भएकोले सम्पुर्ण चालकहरुलाई उपस्थितिका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।