Home / समाचार / नेपालीको श्रदाञ्जली सभा सम्पन्न

नेपालीको श्रदाञ्जली सभा सम्पन्न

दाङ, १ साउन
नेकपा माओवादी केन्द्रले तुलसिपुर उपमहानगरपालिका ६ राजापुरमा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । नेपाल रााष्ट्रिय दलित मुुक्तिमोर्चा दाङका उपाध्यक्ष गोपाल नेपाली एवं दलित महिला एकता केन्द्रका लेखा अधिकृत गोपाल नेपालीकी आमा तुलसी नेपालीको स्मृतिमा शोकसभा सम्पन्न गरेको हो । उहाँको निवास राजपुरमा पुगेर माओवादी केन्द्रले सभा सम्पन्न गरेको हो । सभामा बोल्दै माओवादी केन्द्र तुलसिपुर उपमहानरपालिकाका ईञ्चार्ज रामजी चौधरी मिलनले समाज परिर्वनका लागि स्वर्गीय नेपालीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । मृतकका छोरा गोपाल नेपालीको स्वागत मन्तव्य बाट सुरु गएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका तुलसी महतरा, वडा नं. ७ का अध्यक्ष के.एल भण्डारी, वाई सिएल दाङका अध्यक्ष अमर नेपाली (माईकल) दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला गुप्ता, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगाएतले वोल्नु भएको थियो । जेठा छोरा दिपक नेपालीको अध्यक्ष शोकसभा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*