Home / समाचार / एक महिने एड्भान्स कटाई सिलाई तालिम समापन

एक महिने एड्भान्स कटाई सिलाई तालिम समापन

दाङ,२० असार । घोराही उपमहानरपालिका वडा नं. ५ को बसन्तापुरमा एक महिनो कटाई सिलाई एड्भान्स तालिमको समापन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा नारी सिप समाज दाङको आयोजनामा भएको तालिमको शुक्रवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

समाजकी अध्यक्ष बिष्णु थापाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य बिमला नेपालीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका वडा नं. ५ वडाध्यक्ष बिष्णुमणि दाहालको बिशिष्ट आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सिकेको सिपलाई व्यवहारमा लागुगर्न सके महिलाहरु आत्मनिर्भर हुने बताएका थिए । सिप नहुदा महिलाहरु घरमा श्रीमानमा निर्भर हुनुपर्ने बाध्यता रहेको भन्दै बक्ताहरुले सिपलाई सदुपयोग गर्न के महिलाहरुको राम्रो आम्दानीको श्रोम बन्ने समेत बताएका थिए ।

silai katai

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य बिमला नेपालीले तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न महत्वपुर्ण भुमिका खेल्ने बताइन । वडा कार्यालयले दिएको सिपले महिलाहरुलाई परनिर्भरवाट हटाउने समेत बताइन । साथै उनले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि आफुले समेत सक्दो सहयोग गर्ने बताएकी थिइन ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष बिष्णुमणि दाहालले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरेको भन्दै अव महिलाहरुले व्यवसायीक रुपमा काम गर्नुपर्ने बताए । सिकेको सिपलाई व्यवहारमा लागु गरेर आर्थिक आम्दानी गर्न समेत सुझाव दिएका थिए । साथै उनले सिकेको सिपलाई राम्रोसँग व्यवहारमा लागु गर्ने महिलाहरुलाई वडा कार्यालयले सहयोग समेत गर्ने बताए ।

65804915_508467929923001_6901477137128095744_n

तालिमकाका सहभागीहरुले आफुहरुले व्यवसायीक रुपमा काम गर्न इच्छुक भएको भन्दै मेसिन सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु फत्तेबहादुर केसी, महिला सदस्य तुलसा खड्का, सहभागी उमा नेपाली, हुमा घर्तिलगायते मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*