Home / Feature Breaking news / शान्तिनगरमा ५७ विपन्न परिवारलाई खाद्यान्न सहयोग

शान्तिनगरमा ५७ विपन्न परिवारलाई खाद्यान्न सहयोग

दाङ, १६ जेठ । कोरोना माहामारीका कारण गरिएको लकडाउनवाट प्रभावित दाङको शान्तिनगर गाँउपालिकाका विभिन्न वडाहरुमा अतिविपन्न, अपाङ्ग, मजदुर र एकल महिलालाई खाद्यान्न सहयोग गरिएको छ ।

लकडाउनका कारण बनेको बिषम परिस्थितिमा आफ्नो गाँउठाउका विपन्न नागरिकहरुलाई थोरै भएपनि सहयोग गरौँ भन्ने उद्देश्यले दुई युवाहरु पूर्ण विक र मोहन विकले संयुक्तरुपमा सामाजिक सञ्जाल फेसवुकमार्फत आथिक संकलन गरि सहयोग गरेका हुन । उनीहरुले फेसवुकमा शान्तिनगर दलित सहयोग समाज नामको ग्रुप आइडी बनाएर सहयोग रकम जुटाएका थिए ।

उक्त ग्रुपमा स्थानीय, जिल्ला, देश तथा विदेशमा वस्ने ३० जना भन्दा वढी युवाहरुले सहयोग गरेका थिए । उक्त ग्रुपमार्फत सहयोग आह्वान गर्दा करिव ८९ हजार वढी रकम संकलन भएको थियो । सो रकमले शान्तिनगर गाँउपालिका वडा नं. १ मा १३, वडा नं.२ मा १३, वडा नं.३ मा १८, वडा नं.४ मा १३ गरी ५७ घर परिवारलाई परिवारको संख्याको आधारमा चामल, दाल, तेल, नुन सहयोग गरिएको पूर्ण विकले जानकारी दिएका छन ।

उनका अनुसार केही दिनमा पुन. शान्तिनगर गाँउपालिकाको ५, ६ र ७ नं.वडामा दोस्रो चरणको सहयोग रकम जुटाएर वितरण गरिने भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*