Home / Feature Breaking news / रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो

रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो

बुटवल, १७ असार ।

रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार लुटेको हो ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम लुटिएको हो । लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ।

मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली हानेका हुन् ।

लुटेराहरूको गोली टेप्पुको टायरमा मात्रै लागेको छ । मानवीय क्षति भने नभएको रुपन्देही प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

 

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*