Home / Feature Breaking news / खाडीका चार मुलुकबाट २३ नेपालीको शव ल्याईयो

खाडीका चार मुलुकबाट २३ नेपालीको शव ल्याईयो

काठमाडौं, ५ असार ।

मध्यपूर्व ( खाडी ) का बिभिन्न चार मुलुकबाट शुक्रबार अलपत्र ४ सय ९४ नेपाली नागरिक स्वदेश फर्कदा २३ नेपालीको शव पनि नेपाल आइपुगेको छ ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्कने क्रममा शुक्रबार एकैपटक बिभिन्न ४ एयरलाइन्सबाट सो संख्यामा नेपाली स्वदेश फर्कदा बिभिन्न समयमा मृत्यु भएर पनि हवाई उडान बन्द भएका कारण स्वदेश ल्याउन नसकिएका नेपालीका शवहरु पनि नेपाल ल्याइएको हो ।

शुक्रबार साउदी अरेबियाको दमामबाट हिमालयन एयरलाइन्समार्फत १ सय ५३ नेपाली आउँदा १ जनाको शव आएको छ । यस्तै कुवेतबाट १ सय ५० जना नेपाली नागरिकसहित २ नेपाली नागरिकको शव ल्याइएको छ ।

यस्तै कतारबाट ४३ नेपाली नागरिक स्वदेश फर्कदा उनीहरुसंगै २० जना नेपालीको शव पनि काठमाडौं ल्याइएको छ ।
यसैगरी संयुक्त अरब इमिरेट्सको दुबईबाट १ सय ४८ नेपाली नागरिक स्वदेश फर्किएका छन् । युएईबाट भने कुनै शव नआएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलय प्रशासनले प्रष्ट पारेको छ ।

लामो समयदेखि नेपाली आउने प्रयासमा रहेका अलपत्र नेपालीहरु मध्ये कतारबाट आएकाहरु खर्च कतारका रोजगारदाता कम्पनी र सरकारले व्यहोरेको छ । जस्मा रोजगारीका क्रममा ज्यान गुमाएका २० नेपाली पनि छन् ।

ल्याइएको सबै २३ जनाको शव मध्ये ७ जनाको शव व्यवस्थापन काठमाडौंमा गरिनेछ भने अन्यको सम्बन्धित गृह जिल्ला पठाइने व्यवस्था मिलाइने भएको छ ।

फर्किएका अलपत्र नेपालीहरुको हकमा भने काठमाडौं उपत्यकामा बनाइएको बिभिन्न होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र उनीहरुको घर पठाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*