Home / Feature Breaking news / कोरोनाबाट ज्यान गुमाउने महिलाको सम्मानपूर्वक अन्त्येष्टि, मृतकप्रति सलामी अर्पण
तस्वीर : मेनका चौधरी/रासस

कोरोनाबाट ज्यान गुमाउने महिलाको सम्मानपूर्वक अन्त्येष्टि, मृतकप्रति सलामी अर्पण

कैलाली, ५ असार ।

कोरोना संक्रमणको कारण ज्यान गुमाउने कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जंगलमा सेनाले अन्त्यष्टि गरेको हो ।

जंगलमा एक्स्काभेटरले खाल्डो खनेर सेनाले ती महिलाको शव सम्मानपूर्वक अन्त्येष्टि गरेको हो । शव खाल्डोमा हाल्नुअघि सेनाको टोलीले मृतक महिलाप्रति सलामी अर्पण गरेका थिए ।

शव व्यवस्थापन कार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा लागयतको पनि सहभागिता थियो । मृतक महिला ३१ जेठमा टाउकोमा चोड लागेको कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना भएकी थिइन् ।

सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो । उनको मृत्यु भने मंगलबार (असार २ गते) नै भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*