Home / विशेष / महिला व्यवसायी एवं अग्रज व्यवसायीहरुको सल्लाहमा उमेद्वार बनेको छुः विन्दु दाहाल (महिला सदस्य पदका उमेद्वार)

महिला व्यवसायी एवं अग्रज व्यवसायीहरुको सल्लाहमा उमेद्वार बनेको छुः विन्दु दाहाल (महिला सदस्य पदका उमेद्वार)

घोराही, ३० साउन
महिलाहरुको सफल नेतृत्वकर्ता हुनुहुन्छः विन्दु दाहाल । विन्दुको पहिचान महिला नेतृसँगै सफल व्यवसायी हो । २०६६ सालबाट व्यवसाय सुरु गर्नुभएका विन्दु अहिले दाङ उवासंघको निर्वाचनमा महिला सदस्य पदमा उमेद्वार बन्नुभएको छ ।

दाहाल वाटर सप्लायर्स सञ्चालन गर्नुभएका विन्दु विभिन्न महिला संघसंगठनदेखी सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । लामो समयसम्म शिक्षण पेशा गरेर व्यापारमा लाग्नुभएका विन्दु छोटो समयमा नै सफल व्यवसायीको रुपमा स्थापित हुनुहुन्छ ।

उहाँ व्यापारीमाझ लोकप्रीय पनि हुनुहुन्छ । उवासंघमा महिला सहभागिता पूर्ण रुपमा स्थापित गर्नका लागि, व्यवसायिक हक अधिकार सुनिश्चीत, महिला शसक्तीकरण जस्ता विषयलाई प्राथमीकता दिनकालागि आफू उमेद्वार बनेको उहाँले बताउनुभयो ।

सबै महिला व्यवसायी एवं अग्रज व्यवसायीहरुको सल्लाहमा निर्वाचनमा उमेद्वार बनेको भन्दै सबैको साथले विजयी हुने दाहालले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*