दाङ, १८ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत बुधवार भएका खेलमा बबई गाउँपालिका र घोराही उपमहनगरपालिकाको भलिबल टिम बिजयी भएका छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘वि’को पहिलो खेलमा राजपुर गाउँपालिकाको टिमलाई हराउँदै बबई गाउँपालिकाको भलिबल टिम बिजयी भएको हो । बबईले २५–२१ र २५–२३ को सोझो सेटमा जित निकालेको हो ।
त्यसैगरी बुधवार भएको दोश्रो खेलमा बंगलाचुली गाउँपलिकाको भलिबल टिमलाई हराउँदै घोराही उपमहानगरपालिकाको भलिबल टिम बिजयी भएको छ । पहिलो सेटमा फितलो खेल प्रदर्शन गरेको बंगलाचुलीलाई घोराहीले पहिलो सेटमा २५–१७ र दोश्रो सेटमा २७–२५ ले हराउँदै बिजयी भएको थियो । जिल्लामै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको फागुनको १६ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगितामा जिल्लाका दश वटा पालिकाको भलिबल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र दोश्रो हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता फागुनको २२ गतेसम्म चल्ने छ ।