Home / समाचार / चुनावमा आजसम्म नहारेका भुपवहादुर डाँगी भन्छन् ’बोलेर हैन, गरेर देखाउने व्यक्ति हुँ म ।’

चुनावमा आजसम्म नहारेका भुपवहादुर डाँगी भन्छन् ’बोलेर हैन, गरेर देखाउने व्यक्ति हुँ म ।’

कलकलाउँदो उमेर । स्कुले जीवन । अध्ययनसंगै राजनीतिक चिन्तनले मष्तिष्कमा बेस्सरी जरा गाड्न थाल्यो । बिपीको समाजवादको सिद्धान्त बोकेर प्रचारमा हिँड्ने कांग्रसीहरु देखि मन हुरुक्कै हुन्थ्यो । बिपीको सिद्धान्त बोकेर ‘चारतारे’ झण्डा फहराउने कांग्रेसीहरु प्रति मोहित साविक सौडियार (हाल घोराही उपमहानगरपालिका ११) का भुपवहादुर डाँगीले १४ बर्षको उमेरमा कांग्रेससंगको सामिप्यताको डोरी कसे । धर्ना स्थित मावि धर्नामा ८ कक्षा अध्ययनरत उनि नेपाली कांग्रेस सम्म पुग्ने ‘मुलबाटो’ नेविसंघलाई पकडे ।

IMG_8865

‘त्यतिबेलाको स्कुले उमेर,पढाईसंगै राजनीतिको नशाले च्याप्दै लग्यो,’उनले सम्झीए ‘१४ बर्षको उमेरमा म मावि धर्नाको नेविसंघ ईकाई सदस्य बने ।’
त्यो बेला देखिको कांग्रेस प्रतिको उनको चिन्तन र लगानीको लहर कहिल्यै थामिएन । उनि निरन्तर बिपीको सिद्धान्तमा बगि रहे, र आम कार्यकर्तालाई यो लहडमा उतारिरहे । फलस्वरुप बीपीकै लोकप्रिय सिद्धान्तलाई मुलमन्त्र ‘जप्दै’ घोराही उपमहानगरपालिकाको मेयर बन्ने रेसमा छन् । राजनीतिक जीवनकालमा उनले पराजय बेहोर्नु परेको छैन,यो संयोग हैन । उनले देखाएको असल राजनीतिक चरित्रको परिणाम हो । ‘मेरो जीत सुनिश्चित नै हो ,’उनले विगतका जीतका ईतिहाँस कोट्याउँदै भने ‘मैले यसअघि पनि असल राजनीतिक चरित्र निर्वाह गरेकै कारण कहिल्यै हार्नु परेन ।’

19420400_113106299307057_5731252743559906402_n
भुपवहादुर बहुदलीय व्यवस्था लागु गर्नका लागि थालिएको आन्दोलनका क्षेत्रगत कमाण्डर समेत हुन् । २०३६ मा जिल्लामा बहुदलको पक्षमा आन्दोलन सुरु भयो । दाङको एउटा क्षेत्रको ‘कमाण्डिङ’ जिम्मा पाए भुपवहादुर डाँगीले । जिल्लाको साबीक लक्ष्मिपुर गाविसको तल्लो क्षेत्र र सौडियारको मोर्चाको नेतृत्व गर्दै बहुदलीय व्यवस्था लागु गर्नका लागि सशक्त रुपमा होमिएका थिए उनि । अहिले भन्छन् ‘बहुदलीय व्यवस्था आएपछि मेरै कारण आयो भन्ने लाग्यो,राजनीति प्रतिको उर्जा झनै बेस्सरी चुलिँदै गयो ।’
त्यहि बर्ष भुपवहादुरले कांग्रेसको साधारण सदस्यता पाए । त्यो पनि जननायक विश्वेश्वर प्रसाद कोईरालाको हातबाट । उनि भन्छन् ‘मेरो राजनीतिक कालखण्डमा एउटा त्यो क्षेण अति अविष्मरणीय बन्यो,जुन क्षेत्र बिपीको हातबाट पार्टीको साधारण सदस्यता पाएँ ।’ बीपीको हातबाट मिलेको सदस्यताको ‘चिर्कटो’ उनका लागि राजनीतिक उत्प्रेरक बन्यो । यहि सदस्यता प्राप्तीसंगै उनलाई कांग्रेसको नेतृत्व तहमा पुग्ने जोश जाग्नु स्वाभाविकै थियो । उनि निरन्तर होमिए ‘चारतारे झण्डा’ बोकेर कांग्रेसको महिमा गाउँदै गाउँटोलमा । उनि कांग्रेसको प्रचारक मात्रै थिएनन् । देशको समकालीन अवस्थाका लागि निरन्तर सडकमा आन्दोलनकारी बन्न पनि कहिल्य चुकेनन् । ‘म मा उर्जा थियो, जोश थियो,’उनि भन्छन् ‘पार्टीको प्रचार संगै देशमा सहि राज्य व्यवस्था सञ्चालनका लागि भएका आन्दोलनमा म कहिल्यै सडक बाहिर रहेन ।’ पार्टी र समाज अनि देश प्रतिको यहि चिन्तन र लगावले उनि २०४३ को पञ्चायती व्यवस्थाको निर्वाचनमा साविक सौडियार १ मा आँफू अध्यक्षमा निर्वाचित भए । आँफू मात्रै हैन,उनिसंगै कांग्रेसका चारजना सदस्यलाई समेत निर्वाचित गराउन सक्नु उनको राजनीतिक कौशलताको बलियो उदाहरण हो । ‘त्यो बेला म आँफूले मात्रै होईन,उम्मेदवार बनेका सबै कांग्रेसी निर्वाचित हुनुपर्छ भन्ने सोँच थियो,’उनले भने ‘र भयो पनि त्यहि, हामी कांग्रेसीहरु सबै निर्वाचित भयौँ ।’
राजनीतिक कृयाशिलतासंगै उनि सामाजिक अभियन्ताका रुपमा पनि आँफूलाई परिचित गराईरहेका थिए । २०४८ मा निमावि सुक्रवार सौडियारको बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष,त्यो पनि दश बर्ष सम्मको नेतृत्व लिए । यस्तै निमावि जजरागाउँको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने ।
सौडियार सहकारीको अध्यक्षमा उनले आफ्नो कार्यकौशलता गज्जबैसंग प्रस्तुत गरे ।
बहुदलीय व्यवस्था सम्म पार्टीको साधारण सदस्य मात्रै रहेका डाँगीले बहुदल पश्चात २०४७ मा पार्टीको कृयाशिल सदस्यता पाए । त्यसको एक बर्षपछि २०४८ मा उनले कांग्रेसको क्षेत्र नम्बर ३को क्षेत्रीय समितिमा ‘ईन्ट्रि’ मारे । २०४८ मा उनि क्षेत्रीय सदस्यमा चुनिए । अर्को कार्यकाल २०५१ मा सोही क्षेत्रको कोषाध्यक्षमा चुनिए । अर्को कार्यकालमा उपसभापति चुनिए । पार्टीको १२ औँ महाधिवेशन अर्थात अर्को कार्यकाल उनि क्षेत्रीय समितिको सभापति निर्वाचित भई नेतृत्व हत्याए । अहिले पनि उनि पुनः सभापति छन् । ‘मैले हार्न जानेन,यो भनेको म प्रतिको कार्यकर्ताको अगाध प्रेमनै हो,’उनले भने ।
डाँगी शाही सरकारले गर्न थालेको स्थानीय निकायको निर्वाचन बिरुद्ध आन्दोलनमा उत्रिएका डाँगी एक दिन जेलमा समेत परेका थिए ।
जीतलाई सधैँ आफ्नो पक्षमा पार्न खप्पीस डाँगी घोराही उपमहानगरपालिकाको मेयरका लागि चुनावी खेलमैदानमा छन् । विगतका चुनावी प्रतिष्र्धाको अनुभवले उनलाई राम्रैगरि सिकाएको छ, ‘गेम कसरी खेल्ने र गोल कसरी हान्ने ?’ चुनावी रणनीति बनाएर गोल हान्ने योजनामा रहेका डाँगीले यहाँको बिकास निर्माणसंगै जनताका आधारभुत आवश्यक्तालाई निकै मसिनो अनि सुक्ष्म ढंगले उठान गरेका छन् चुनावी ऐजेडा मार्फत । उनको एकै मात्रै लक्ष छ ‘आँफूले बोलेका कुराहरु हरहालतमा जनता सम्म व्यवहारीक रुपमा पुर्याउने छु ।’ उनले भने ‘बोलेर हैन, गरेर देखाउने व्यक्ति हुँ म ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*