Home / समाचार / घोराहीका विभिन्न टोलमा नेपाली कांग्रेसको चुनावी सभा

घोराहीका विभिन्न टोलमा नेपाली कांग्रेसको चुनावी सभा

निर्वाचन मिती नजिँकीदै जाँदा नेपाली कांग्रेसले चुनावी प्रचार प्रसारलाई तिब्र पारेको छ । जिल्लाका तल्लो तह देखि उपमहानगर पालिकाभित्रमा कांग्रेसको चुनावी प्रचार ब्यापक बनेको छ । सबै राजनीतिक दलहरुको ध्यान केन्द्रीत भएको घोराही उपमहानगरपालिकामा नेतृत्व हत्याउन कांग्रेसले भरमग्दुर जोडबल गरिरहेको छ । उपमहानगरपालिकाका वडा तथा टोलटोलमा पुगेर कांग्रेसले चुनावी सभा गरिरहेको छ । पछिल्लो संविधन सभा निर्वाचनमा चुनाव जीतेको क्षेत्र नम्बर ३ र २ अन्तर्गतको यो उपमहानगरपालिकामा कांग्रेसले संविधानसभा निर्वाचनको नतिजा दोहोर्याउने रणनीतिमा छ । ‘हामीहरुले उपमहानगरपालिकाको नेतृत्वका लागि भरमग्दुर प्रयास गरिरहेका छौँ,’मेयर उम्मेदवार भुपवहादुर डाँगीले भने ‘कांग्रेस प्रतिको पुरानो सद्भाव कायमै रहेकाले पनि हामी ढुक्क छौँ ।’ कांग्रेसले प्रादेशिक राजधानीको नारालाई प्रमुख ऐजेण्डाको रुपमा जनता सामु पुर्याउँदै मतदाताको मन जित्ने कोशिसमा रहेको छ । अन्य दलहरुले बुटवल र नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउने भन्दै सार्वजनिक भएका अभिव्यक्तिहरु चर्चाको बिषय बनिरहेको अवस्थामा कांग्रेसले भने राजधानीको बिषयलाई मुख्य ‘बटमलाईन’ बनाएको छ । ‘हामीहरुको मुख्य नारा भनेकै प्रादेशिक राजधानीको हो,’डाँगीले भने ‘राजधानीका लागि नेपालगन्ज या बुटवल बिकल्पका रुपमा कहिल्यै आउन सक्दैनन्,तर यहाँबाट राजधानी बाहिर लैजाने बिरुद्ध हामीहरु लड्ने छौँ ।’ एमालेका पाँच नम्बर प्रदेश ईन्चार्ज तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले शुक्रवार बिहान ‘प्रादेशिक राजधानी बुटवल बनाउने एमालेले औपचारिक निर्णय गरिसकेको’ भन्दै रेडियोमा दिएको अन्तरवार्ताले यहाँ तरंग ल्याईदिएको छ । यसैगरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पनि नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनका लागि पहल गर्ने भन्दै दिएको अभिव्यक्ति पनि दाङबासीहरुका लागि अपाच्य बनेको छ । उनको यो अभिव्यक्तिले पनि सामाजिक सञ्जालहरुमा ठूलो चर्चाको स्थान पाएको छ । त्यसोत, प्रादेशिक राजधानीको बिषयलाई मुलतः स्थानीय तहको निर्वाचन संग जोडेर हेरिएको छ । प्रादेशिक राजधानीको बिषय अहिले चुनावी ‘मतसंग्रह’कै रुपमा आएको नेताहरुले बताउँदै आएका छन् । उपमहानगरको ‘बहुमत’आफ्नो पक्षमा पार्दै स्थानीय तहमा नेतृत्व जमाउने प्रयासमा रहेको कांग्रेसले शुक्रवार घोराहीका टोलटोलमा पुगेर चुनावी सभा गरेको छ ।

19366257_112013459416341_5596121226448316998_n

कांग्रेसले बिहान पतन्जली योग समितिमा योगाभ्यास गरिरहेका मतदाताहरुलाई भेट गरि भोट मागेको छ । ‘मतदाताहरुको जमघट हुने स्थलहरुलाई हेरिरहेका छौँ,’डाँगी भन्छन् ‘सोही अनुरुप योगाभ्यास गरिरहेका मतदाताहरुलाई भेटेर मत मागेका छौँ ।’ यसैगरि घोराही १८ को अम्बापुरमा पनि कांग्रेसले चुनावी सभा गर्यो । बिकासका लागि कांग्रेसको जीत अपरिहार्य साझा आवाज पोखिएको त्यो सभामा चुनावी सभामा उल्लेखित ऐजेण्डाहरु सेलाएर जान नदिने बचनबद्धता गरे । उक्तसभामा मेयर पदका उम्मेदवार भुपवहादुर डाँगी, उपमेयर उम्मेदवार पुष्पा श्रेष्ठ,सांसदद्धय अनिता देवकोटा र राजु खनाल लगाएतले मन्तव्य राखेका थिए । यसैगरि वडा नम्बर १४ को सृजनशिल टोलमा पनि कांग्रेसको चुनावी सभा भयो । ३ नम्बर वडाको बालीममा भएको भव्य जनसहभागीता सहितको चुनावी सभामा झण्डै पाँच दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश भए । यस्तै घोराहीमा ईसाई समुदायले गरेको उम्मेदवारहरुसंगको छलफल कार्यक्रममा पनि कांग्रेसका उम्मेदवार सहभागी भए । यो कार्यक्रममा ईसाई समुदायले सबै दलका उम्मेदवारहरुलाई सहभागी गराएका थिए ।

19396713_112012759416411_7310167212609519912_n

यसैगरि घोराही १८ को ढोडेनीमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनीधि सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा चुनावी सभा गरियो । पाण्डेले कार्यक्रममा बोल्दै स्थानीय सरकार सञ्चालनका लागि कांग्रेसमात्रै ‘एक शक्ति’ भएको बताए । ‘कांग्रेसको ईतिहाँसलाई फर्केर हेरौँ, परिवर्तनको नेतृत्व कसले गरेको थियो भन्ने थाहा हुन्छ,’उनले भने ‘यसर्थ बिकासको पर्याय भनेकै कांग्रेस हो ।’ यस्तै घोराही १७ को कर्जाहीमा पनि कांग्रेसले चुनावी सभा गर्यो भने वडा नम्बर ६ को गुरुवा गाउँ, गुरगैँ गाउँ पनि कांग्रेसमय बने । घोराही १७ मा घरदैलो मार्फत मत मागेको कांग्रेसले वडा नम्बर १५ को भरतपु र कपासीमामा पनि ठूलो जनसहभागीतामा चुनावी सभा गरेको थियो । यि सबै सभाहरुमा उम्मेदवाहरुसंगै सांसद तथा प्रभावशाली नेताहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*