Home / Feature Breaking news / सैघामा विकासे योजनामा छलफल

सैघामा विकासे योजनामा छलफल

दाङ १४ कार्तिक । घोराही उपमहानगरपालिका वडा न १९ ले वडामा गत वर्ष भएको काम र चालु आर्थिक वर्षमा सम्पन्न गर्ने योजनाको बारेमा छलफल गरेको छ । वडा कार्यालयले मंगलवार समीक्षा गरेर गत आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न भएका योजना र चालु आर्थिक वर्षमा छनौट भएका योजनाको बारेमा वडावासीसँग छलफल गरेको हो ।

‘गत वर्ष भएको कार्य सम्पदान र चालु आर्थिक वर्षमा गरिने कामको बारेमा छलफल भएको छ’ वडा अध्यक्ष हर्क घर्तीले भने ‘ सवै क्षेत्रबाट सकारात्मक सुझाव आएको छ । त्यो सुझावलाई आत्मसाथ गरेर वडामा विकासको काम हुन्छ ।’ उनका अनुसार गत वर्ष वडामा छनौट गरिएको योजना र कार्यालय सञ्चालनको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । गत वर्षमा झण्डै ५२ योजना छनौट गरिएको थियो ।

चालु आर्थिक वर्षमा पनि झण्डै त्यो बराबरको रकम विनियोजन भएको छ । वडामा सडक, विद्युत र खानेपानी समस्या समधानको लागि वडाबासीवाट सुझाव आएको छ’ वडा अध्यक्ष घर्तीले भने ‘ त्यसको लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा समेत काम गर्ने गरेर बजेट विनियोजन गरेको छ ।’ छलफलमा राजनीतिकदल, टोल विकास सस्था, विद्यालय, सामुदायिक वन र सहकारी संस्थाको सहभागिता थियो ।

वडा अध्यक्ष घर्तीको अध्यक्षतामा कार्यक्रम भएको थियो । छलफलमा नेकपा नेताहरु उदय विश्वकर्मा, टेकमान पुन, निमकान्त पुरी, नेपाली काँग्रेसका ज्ञानबहादुर राइमाझी, भगवती माविका प्रधानाध्यापक देविबहादुर घर्ती लगायतले सुझाव दिएका थिए । वडा सदस्य जंग रोकाको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव भिमबहादुर केसीले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*