Home / Feature Breaking news / नेपाली काग्रेस दाङले चियापान कार्यक्रम गर्ने

नेपाली काग्रेस दाङले चियापान कार्यक्रम गर्ने

दाङ,१४ कार्तिक । नेपाली कांग्रेस दाङले कात्तिक १६ गते चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । बुधवार पार्टी कार्यालयमा बसेको कां्रग्रेस जिल्ला कार्य समितिको बैठकले दशैँ, तिहार तथा छठको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार यो कार्यक्रम हुन लागेको जनाईएको छ । सचिव डाँगीका अनुसार १६ गते दिउँसो १ बजे घोराही स्थित जिल्ला पार्टी कार्यालयमा कार्यक्रम हुने छ । कार्यक्रममा उपस्थितीका लागि कांग्रेसका केन्द्रीय सदस्य,संघीय तथा प्रदेशसभा सदस्य, जिल्ला कार्य समिति,महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय कार्य समिति,जनप्रतिनिधि, भातृसंस्थाका प्रतिनिधि,लगाएका कांग्रेसका सम्पूर्ण नेताहरुलाई अनुरोध गरिएको छ ।

यसैगरि कांग्रेसले बुद्धिजिवी, ब्यापारि,प्राध्यापक, कानुन व्यवसायि,शिक्षक,समाजसेवी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा समेत गरेको छ । जिल्ला सभापति किर्तिवहादुर खड्काको सभापतित्वमा भएको बैठकमा कांग्रेस नेता बलदेव शर्मा मजगैयाँले जिल्ला कार्य समितिलाई मजवुत संगठन निर्माणका लागि अहोरात्र खटेर लाग्न निर्देशन समेत दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*