Home / Feature Breaking news / नेपालमा भेटियो कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी

नेपालमा भेटियो कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी

नेपालमा पहिलो पटक  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक  नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो ।

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न  देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ ।

दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण  पालना गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*