Home / Feature Breaking news / विपन्न परिवारका ३० छात्रछात्रालाई शैक्षिक सामग्री

विपन्न परिवारका ३० छात्रछात्रालाई शैक्षिक सामग्री

घोराही, १४ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले वडा विद्यालयमा रहेका विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहित ड्रेस र झोला उपलब्ध गराएको छ । विद्यार्थीहरुलाई नियमित विद्यालयमा उपस्थित गराउनका लागि वडा कार्यालयले ७ वटा विद्यालयका ३० जना छात्रछात्राहरुलाई कापी, कलम, झोला र ड्रेस निशुल्क उपलब्ध गराएको हो ।

वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले बालबालिकालाई ति शैक्षिक सामग्रीहरु प्रदान गर्नुभएको हो । वडा कार्यालयका चालु आर्थिक बर्षको लक्षित बर्गको कार्यक्रम अन्तरगत ५० हजार रुपैयाँको बजेटबाट विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीहरु उपलब्ध गराईएको हो । वडामा रहेका बराहक्षेत्र बसेरी, मावि धर्ना, निमावि दलजितपुर, महेन्द्र आधारभुत विद्यालय दलजितपुर, जनता प्राबि डाँगीगाउँ, नेपाल राष्ट्रिय प्रावि रज्जे र हरीओम प्राबी नैनवारमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई उक्त शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कुनै पनि बालबालिका गरिवीका कारण पढाईबाट बन्चित नहुने बताउनुभयो । विषेशगरी अभिभाबक आफ्ना बालबालिकाको पढाई प्रति बढी जिम्मेवार हुने धारणा राख्नुभयो । शिक्षित र सक्षम व्यक्तिबाट मात्रै देशमा संबृद्धी आउने भन्दै बालबालिकाको शिक्षामा लगानी नै महत्वपूर्ण कुरा भएको बताउनुभयो । कार्यक्रमको सहजिरकण वडा सचिब लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*