Home / समाचार / व्यवसायीको दुःखसुखका ‘सारथी’ माधव

व्यवसायीको दुःखसुखका ‘सारथी’ माधव

दाङ, ८ असोज ।

डेढ दशक लामो व्यवसायिक करियरको दौरानमा व्यवसायी माझ सरल, मिलनसार र सहयोगी व्यवसायिक पहिचान बनाउन सफल युवा व्यवसायी हुन– माधव खनाल । फेन्सी व्यवसाय, शिक्षा क्षेत्रसंगै सहकारी क्षेत्रमा आवद्ध व्यवसायी खनाल सफल व्यवसायीसंगै व्यवसायिक हकहितका साथै अन्य व्यवसायीका हरेक सुख दुःखमा निरन्तर साथ दिदै आएका छन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिकाम जन्मिएका खनाल करीब डेढ दशकदेखि व्यवसायमा संलग्न छन् । फेन्सी व्यवसायी खनाल २०६८ सालमा उद्योग बाणिज्य संघमा आवद्ध भएर व्यवसायसंगै आँफू जस्ता व्यवसाहिक हकहितका लागि खट्दै आएका छन् ।

१० बर्षको उमेरमा २०५३ मा प्युठानबाट दाङ बसाइँसराई गरेर दाङको हापुरमा आएका खनालले करिब ६ बर्ष काठमाडौमा फेन्सी व्यवसाय गरेका थिए । काठमाडौंमा भन्दा आफ्नै ठाँउमा केही गर्नुपर्छ भनेर खनालले २०६८ सालदेखि घोराहीको बैंक रोडमा घोराहीमा व्यवसाय गर्दै आएका छन् ।

घोराहीमा व्यवसाय सुरुसंगै दाङ जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध भएकाले त्यसयता निरन्तर व्यवसायिक हकहितका लागि आवाज उठाउदै आएका छन् । खनाल २०७१ सालमा उद्योग वाणिज्य संघ अन्तर्गत रहेका बस्तुगत समितिमध्य फेन्सी ब्यावसायी समितिको सदस्यबाट व्यवसायिक राजनीतिमा आवद्ध भएका थिए ।

त्यसपछि क्रमश सदस्यपछि सह–सचिव हुँदै सचिवसम्म पुगेका खनाल २०७७ सालमा पुस १३ गते भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । फेन्सी व्यवसाय संगसंगै समग्र उद्योगी व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघमा लागेका खनालले यो बिचमा धेरै व्यवसायिक हकहितका लागि काम गरेका छन् । उनले सदस्य भएर पनि उद्योग वणिज्य संघको हरेक क्रिलाकलापहरुमा सहभागी हुदै संस्थागत विकासकालागी काम गरेका छन् ।

व्यवसायीलाई अप्ठ्यारो पर्दा जहिलेपनि फिल्डमा खटेर साथ दिएका खनालले यहि असोज १३ गतेका दिन हुन थालेको दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा धेरै व्यवसायीको साथ आफुलाई भएको बताउँछन् । ‘निरन्तर व्यवसायसंगै व्यवसायिक हकहितमा लाग्दै आएकाले धेरै उद्योग तथा व्यवसायीहरुको मलाई साथ रहेको छ, उहाँको साथ र सहयोगले निर्वाचन जित्ने अपेक्षा गरेको छु’ खनालले भन्नुभयो । खनाल यस पटक दाङ जिल्ला उद्योग बाणिज्य संघमा सहकोषाध्यक्षको उम्मेदवार बनेका छन् ।

फेन्सी व्यवसायीसंगै खनाल जिल्ला सहकारी संघ दाङको बरिष्ठ उपाध्यक्ष, कलश बचत तथा ऋण सहकारीको कार्यसमिति सदस्य तथा ऋण उपसमिति संयोजक, सर्बोत्तम बहुउद्देश्यीय सहकारी सघको निवर्तमान कोषाध्यक्ष साथै यहि संस्थाले हाल संचालन गरिरहेको सहकारी बजारको संचालन प्रमुख, शिक्षा क्षेत्रमा पनि सक्रिय रहेका उनी ज्योतिपुञ्ज आ.मा.वि घोराही र ज्योतिपुञ्ज मोडल रामपुरको लगानीकर्ता तथा संचालक समिति सदस्य तथा निमार्ण उपसमिति संयोजक लगायतका विभिन्न संघसस्थामा आवद्ध भएर व्यवसायिक हकहितमा लाग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*