Home / खेलकुद / क्लबले उपाधि जितेपछि राखे किरण चेम्जोङले मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव

क्लबले उपाधि जितेपछि राखे किरण चेम्जोङले मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलरक्षक किरण चेम्जोङले आफू सहभागी फुटबल टिम माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् ।

सोमबार भएको फाइनल खेलमा क्लब इगल्सविरुद्ध माजिया स्पोर्ट्स एन्ड आरसीले ५-० गोलअन्तरको जित निकालेसँगै अन्तिममा ट्रफीसहितको तस्बिर खिचाउने क्रममा उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई विवाह प्रस्ताव राखेका थिए ।

माल्दिभ्सको मालेमा भएको फाइनल खेल जितेपछि औंठी लगाइदिएर पूर्वकप्तान गोलरक्षक चेम्जोङले निरौलालाई विवाह प्रस्ताव राखेका हुन् । निरौला पेसाले एयर होस्टेस हुन् । आफूले राखेको विवाह प्रस्तावको भिडियो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गर्दै चेम्जोङले आफ्नो जीवनको उतारचढावमा साथ दिएको भन्दै निरौलालाई धन्यवाद दिएका छन् ।

उनले यस सिजनको उत्कृष्ट गोलकिपरको उपाधिसमेत पाएका छन् । उनले उत्कृष्ट गोलकिपरको उपाधि पाएको यो दोस्रोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*