Home / समाचार / वर्षमै ६ करोडको प्लास्टिक फूल आयात

वर्षमै ६ करोडको प्लास्टिक फूल आयात

गत वर्ष झन्डै ६ करोड रुपैयाँको प्लास्टिकबाट बनेका फूल, गुच्छा आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार गत वर्ष ५ करोड ७४ लाख ६३ हजार रुपैयाँ बराबरका १ लाख ५१ हजार ५२२ वटा कृत्रिम फूल, गुच्छा, पातहरु र फलफूल आयात भएको हो । प्लास्टिकबाट बनेका फूल, पात र फलफूल भारत, अष्ट्रेलिया, चीन, इन्डोनेसिया, जापान, यूएईलगायत मुलुकबाट आयात हुने विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७६/०७७ मा ३ करोड २० लाख ८६ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार ४९१ वटा प्लास्टिकजन्य फूलहरु आयात भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा २ करोड १५ लाख ३६ हजार रुपैयाँको ५३ हजार ६३८ वटा प्लास्टिकजन्य फूलहरु आयात भएका थिए ।

सरकाले साउन १२ गते राजपत्रमा सूचना निकाल्दै प्लास्टिकबाट बनेका फूलगुच्छा आयात गर्न नपाइने जनाएको छ । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएको हो । मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लस्टिकजन्य वस्तु पूर्ण रुपमा रोक लगाइने निर्णय भएको जनाएको छ । सरकारले कुरकुरेलगायतका वस्तु, हिरा (औद्यागिक बाहेक), १५० सीसीभन्दा माथिका मोटरासाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल सेटलगायत विविध १० वस्तुको आयातमा पनि रोक लगाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*