लिलाधर वली
दाङ,२८ फागुन । चालुआर्थिक बर्षमा दाङमा सडक र पुल निर्माणका क्षेत्रमा ४५ प्रतिशत बजेट खर्च भएको छ । केन्द्रीय सरकारले दाङ जिल्लामा सडक र पुल निर्माण क्षेत्रमा छुट्याएको करिव एक अर्व बढि बजेट मध्यको हालसम्म ४५.३७ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
चालुआर्थिक बर्ष सडक, पुललगायतका क्षेत्रमा केन्द्रीय सरकारले दाङ जिल्लामा १ अर्व १५ करोड ८९ लाख ५० हजार रुपैयाँ विभिन्न शिर्षकमा छुट्याएको थियो । त्यस मध्य ५२ करोड ५८ लाख रुपैयाँ चालुआर्थिक बर्षको साढे सात महिनामा खर्च भएको सडक डिभिजन कार्यालय दाङका लेखापाल नुमलाल पोख्रेलले बताए । उनका अनुसार करिव आधा बजेट अहिलेसम्म जिल्लाको विकास निर्माणमा खर्च भएको छ ।
लेखापाल पोख्रेलका अनुसार यो बर्ष सवैभन्दा धेरै बजेट मदन भण्डारी मार्गका बिनियोजन गरेको ५२ करोड ७४ लाख रुपैयाँ सरकारले बिनियोजन गरेको थियो । त्यस मध्य अहिलेसम्म करिव २६ करोड ३३ लाख रुपैयाँ खर्च भईसकेको छ । जिल्लाको सवैभन्दा धेरै बजेट भएको योजनामा मदन भण्डारी माग रहेको कार्यालयले जनाएको छ । त्यस्तै स्थानीय सडक पुल निर्माण कार्यक्रम अन्तर्गत बिनियोजन भएको १६ करोड ९० लाख मध्य अहिलेसम्म करिव १३ करोड ७६ लाख रुपैयाँ, रणनैतिक सडक पुल कार्यक्रम अन्तर्गतको बिनियोजन भएको ११ करोड ९५ लाख रुपैयाँ मध्य अहिलेसम्म ५ करोड २ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै औद्योगिक पूर्वाधार विकासका क्षेत्रमा विनियोजन भएको ५ करोड मध्य ४६ लाख रुपैयाँ मात्र खर्च भएको छ । तराई मधेश सडक पूर्वाधार बिशेष कार्यक्रम अन्तर्गत बिनियोजन भएको १५ करोड मध्य ३ करोड ४६ लाख रुपैयाँ, रणनैतिक सडक पुनःस्थापना तथा सुधार कार्यक्रमतर्फ बिनियोजन भएको १४ करोड बजेट मध्य अहिलेसम्म ३ करोड ५५ लाख रुपैयाँ मात्र खर्च भएको लेखापाल पोख्रेल बताउँछन ।
निर्माण पक्षले काम गरेपछि भुक्तानी हुन बाँकी रहेकाले बजेट खर्चमा कमी देखिएको उनको भनाई रहेको छ । विकास निर्माणको काम सुरुसँगै अव खर्च रकम समेत बढ्ने कार्यालयले जनाएको छ । लेखपाल पोख्रेलका अनुसार सडक क्षेत्र विकास आयोजना अन्तर्गतको ३० लाख रुपैयाँ मध्य अहिलेसम्म कत्तिपनि खर्च हुन सकेको छैन ।
RaptiSandesh RaptiSandesh