Home / Feature Breaking news / जुम्ल्याहा बच्चाकाे काेराेना परिक्षण गर्न आग्रह, सचेतक देवकाेटाद्वारा आमा र बच्चाकाे स्वास्थ्यबारे चासाे

जुम्ल्याहा बच्चाकाे काेराेना परिक्षण गर्न आग्रह, सचेतक देवकाेटाद्वारा आमा र बच्चाकाे स्वास्थ्यबारे चासाे

दाङ, २८ बैशाख ।
क्वारेनटाईन बसेकी एक महिलावाट जन्मिएका जम्ल्याहा बच्चाको कोरोना परीक्षण गर्न उपचाररत अस्पतालले अनुरोध गरेको छ ।

भारतवाट आएर एकदिन रक्षाचौर स्थित क्वारेण्टाइनमा बसेकी तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी निवासी अनिता यादवले शुक्रवार जन्माएका जम्ल्याहा बच्चाहरूको उपचार गरिरहेको तुलसी हस्पिटल प्राली तुलसीपुरले यस्तो अनुरोध गरेको हो ।
जुम्ल्याहा बच्चाहरूको तुलसी हस्पीटलमा एनआईसीयूमा उपचार भईरहेको छ । उपचारको जिम्मा अस्पतालका सञ्चालक डा.किशोर खत्रीले लिएका छन् । आर्थिक अवश्था कमजोर भएकी सुत्केरी महिलाको उपचार र बच्चाहरूको उपचारको जिम्मा लिएका खत्रीले बच्चाहरूको पिसीआर प्रविधीबाट कोरोना भाईरसको परिक्षण गर्न अनुरोध गरेका हुन् ।

‘आर्थिक अवश्था कमजोर भएकाले उपचारको जिम्मा हामीले लिएका छौँ, दुइ मध्य एक शिसुको साढे १ किलो र अर्काेको १ किलो २ सय ५० ग्राम तौल रहेको छ । उनीहरूको एनआईसियूमा उपचार भईरहेको छ’ डा.खत्रीले भने,‘बच्चाको आमा हालैमात्र भारतबाट आएकाले बच्चाहरूका पनि भाईरस हुन सक्छ भनेर अन्य विरामीहरू त्रासमा हुनुहुन्छ उनीहरूको पिसीआर प्रविधीबाट परिक्षण गरेमा ढुक्क हुन्थ्यो ।“
सुत्केरी महिलामा रगतको अभाव भएकाले उनको खाना र रगतको खर्च तुलसीपुर उपमहानगरपालिकाले ब्यहोरेको डा.खत्रीले जानकारी दिए ।

सचेतक देवकोटाको चासो
यसैबीच क्वारेनटाईनमा बसेकी महिलाबाट जन्मिएका शिशुहरु र आमाको स्वास्थ्य अबस्थाप्रति राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले चासो व्यक्त गरेको जानकारी पनि डा.खत्रीले दिएका छन् । ‘उहाँले फोन गरेर बच्चाहरूको उपचारबारे चासो व्यक्त गर्नुभएको छ’ डा.खत्रीले भने, ‘बच्चा र आमाको स्वास्थ्य अवस्था र उपचारबारे जिज्ञासा राख्दै मलाई पनि धन्यवाद दिनुभयो ।’ त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि उपचारमा चासो देखाइरहेको जानकारी पनि डा.केसीले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*