Home / Feature Breaking news / नेपाल सुनचाँदी व्यावसायी संघको अध्यक्षमा बिश्वर्कमा

नेपाल सुनचाँदी व्यावसायी संघको अध्यक्षमा बिश्वर्कमा

दाङ,९ बैशाख । नेपाल सुनचाँदी व्यावसायी संघ दाङको १० औ अधिवेशनले विनोद बिश्वर्कमाको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । शनिवाराति सम्पन्न अबिधेशनले बिश्वर्कमाको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा सोम सुनार, शुवाष शाक्य, निर्मला विक, महासचिव मानबहादुर सेर्पाली, सचिव सुरेश दुलाल, कोषाध्यक्ष रोषण गुप्ता, सह–कोषाध्यक्षमा विकास रसाइली रहनु भएको छ ।

संघको सदस्यहरुमा खेम गहतराज,विनोद घताने, जनक विक, भिम रामदाम, विक्रम विश्वकर्मा रहनु भएको छ । संघ दाङ १८ औ साधारण सभा एवं दशौ अबिधेशनको उद्घाटन सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार सुनारले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*