दाङ,९ बैशाख । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको बिशेष साधारणसभा तथा नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रम सनिवार घोराहीमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष मिनु गिरीको अध्यक्षता तथा घोराही उप महानगरपालि वडा नम्बर १३ का अध्यक्ष रबिलाल घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कुखुरा व्यवसायीहरुको हकहितका लागि समितिले ध्यान दिनुपर्ने बताएका थिए ।
कुखुरा व्यवसायीहरुको व्यवसायीक प्रवद्र्धनका लागि कुखुराहरुको एकता आवश्यक रहेकाले व्यवसायीहरु समितिप्रति उत्तरदायित्व बहन गर्नुपर्ने कुखुरा व्यवसायी चन्दन भण्डारीले बताएका थिए । व्यवसायीहरुका विचमा मिलन भएन भने समस्या उत्पन्न हुने भन्दै भण्डारीले जस्तो सुकै अवस्थामा पनि व्यवसायीहरु मिलेर जानुपर्ने बताएका थिए ।
कार्यक्रममा व्यवसायीहरुका कुरा सुन्दै प्रमुख अतिथि वडा अध्यक्ष रविलाल घर्तीले कुखुरा व्यवसायीहरुको व्यवसायीक सुरक्षाका लागि घोराही उपमहानगरपालिकाले पहल गर्ने बताए । पछिल्लो समय कुखुरा पालन व्यवसायले व्यवसायीहरुलाई आर्थिक आम्दानीसँगै धेरै नागरिकलाई स्वदेशमा रोजगारी सिर्जना गर्ने माध्याम बनेकाले कुखुरा व्यवसायलाई सुरक्षित र भरपर्दाे बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले समितिले व्यवसायीहरुको पिरमर्का बुझेर काम गर्न सुझाव दिएका थिए ।
. कार्यक्रमको सहजीकरण समितिका सचिव निमबहादुर बुढाथोकीले गरेका थिए । साधारणमा सचिव निमबहादुर बुढाथोकीले प्रगति तथा कोषाध्यक्ष पोषणनाथ योगीले आर्थिक प्रस्तुत गरेका थिए ।