Home / खेलकुद / रोनाल्डोद्वारा मेस्सीको तारिफ– ‘उनी एक उत्कृष्ट खेलाडी, शालीन मानिस’

रोनाल्डोद्वारा मेस्सीको तारिफ– ‘उनी एक उत्कृष्ट खेलाडी, शालीन मानिस’

काठमाण्डौ । इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीको तारिफ गरेका छन् । यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटाली पुगेका रोनाल्डोले इटालीको एक चर्चित पत्रिकासँगको अन्तर्वार्ताक्रममा मेस्सीको तारिफ गरेका हुन् ।

उनलाई आफ्नो खेल करिअर, आगामी योजना, रियल मड्रिडमा छँदाका दिन आदि विषयबारे सोधिएको थियो । उनलाई आफ्ना पूर्वप्रतिस्पर्धी लिओनल मेस्सीबारे पनि सोधिएको थियो । सोही प्रसंगमा बोल्दै उनले मेस्सीको तारिफ गरेका हुन् ।

रोनाल्डोलाई ‘यहाँ मेस्सीलाई कत्तिको मिस गर्नुहुन्छ’ भनेर सोधिएको थियो । ‘अवश्य पनि म उनलाई मिस गर्छु । र, उनले पनि मलाई मिस गर्छन् होला,’ रोनाल्डोले भने ।

रोनाल्डोलाई ‘तपाईंको विचारमा मेस्सी कस्तो खेलाडी’ भनेर पनि सोधिएको थियो । सो प्रश्नको उत्तरमा उनले मेस्सीप्रति आदर व्यक्त गरे । ‘मेस्सी एक उत्कृष्ट खेलाडी र एक शालीन मानिस,’ रोनाल्डोले मेस्सीको तारिफमा छोटकरीमा उत्तर दिए ।

अर्को प्रसंगमा बोल्दै रोनाल्डोले मेस्सलाई स्पेनमा मात्रै नबसेर ला लिगाभन्दा बाहिरबाट पनि खेल्न सुझावसमेत दिएका छन् । आफूले इंग्ल्यान्ड, रियल मड्रिडबाट खेल्दै अहिले इटाली आइपुगेकाले मेस्सीले पनि नयाँ चुनौतीका लागि स्पेन छाड्नुपर्ने बताए । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*