Home / Feature Breaking news / सहकारी ऐनमा परिमार्जन आवश्यक

सहकारी ऐनमा परिमार्जन आवश्यक

दाङ,२५ मंसिर । सहकारीको प्रवद्र्धन र संरक्षणका लागि राष्ट्रिय सहकारी ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य भीम तुलाचनले बताएका छन ।

जिल्ला सहकारी संघ दाङको २६ औँ साधारणसभामा बोल्दै केन्द्रीय सदस्य तुलाचनले सरकारले लामोसमय पछि सहकारी ऐन ल्याएपनि त्यो सहकारीलाई घेरावन्दी र निष्तेज गर्ने गरि ल्याएकाले ऐनमा परिमार्जन गर्न आवश्यक रहेको बताए । ‘सरकारले ल्याएको सहकारी ऐनलाई हामीले आलोचत्मक रुपमा समर्थन गरेका छौ, ऐन पूर्ण छैन’, कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलाचनले भने,‘सरकारीलाई व्यवस्थीत र प्रवद्र्धन गर्नका लागि सहकारी ऐनलाई परिमार्जन गर्न आवश्यक छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेफ्सुनका केन्द्रीय लेखा संयोजक दामोदर अधिकारीले समान उद्देश्यका सहकारी सस्थाविच एकिकरणको आवश्यकता रहेको बताए । छरिएर रहेको पुजीलाई एकिकृत गर्दै समृद्धि हासिल गर्ने रहेको मुख्य उद्देश्य रहेको भन्दै उनले अव एउटै उद्देश्यका सहकारीहरु मिल्नुको बिकल्प नरहेको बताए । ‘अव एउटै उद्देश्यका दुई सहकारी सस्थाहरु एकै ठाउँमा रहनुहुदैन’, उनले भने’,समान उद्देश्यका सहकारी सस्थाहरु एकिकरण हुनुपर्छ ।’ त्यसको सुरुवात गर्न समेत दाङलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापा, जिल्ला सहकारी संघ पूर्व रुकुमका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बचत तथा ऋण सहकारी संघ बाकेका कार्यवाहक अध्यक्ष प्रकाश ज्ञवाली, जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष रुपमबहादुर खत्री, जिल्ला कृषि सहकारी संघका अध्यक्ष पद्मा आचार्य, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्ण गौतम, जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष नारदमणी पोख्रेल,जिल्ला सहकारी संघका पूर्व अध्यक्ष डिल्लीबहादुर खड्कालगायतले सभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सहकारी संघका उपाध्यक्ष शेसुराम भण्डारीको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रमको सहजीकरण सचिव कृष्ण प्रसाद शर्माले गरेका थिए ।

कर्यक्रममा सचिव कृष्णप्राद शर्माले प्रगति प्रतिवेदन ,कोषाध्यक्ष किरण भण्डारीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सघमा जिल्ला चार सय ९ वटा सहकारी सस्थाहरु आवद्ध रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*