Home / समाचार / स्थापना दिवसका अवसरमा रक्तदान

स्थापना दिवसका अवसरमा रक्तदान

दाङ,६ बैशाख । नेपाल विद्यार्थी सघं तुलसीपुर उपमहानगरपालिका नगरसमितिले नेविसंघको ४९ औ स्थापना दिवसका अवसरमा शुक्रवार रक्तदान गरेको छ । स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन ।

रक्तदान गर्नेमा चित्रकुमार केसी, तुलसी श्रेष्ठ, रोहन रावत, बिदुरराज गौतम, राजिव पाण्डे, राघव देवकोटा, प्रकाश चौधरी, अरुण लहरे, राजकुमार केसी, प्रविन केसी,नारायण भट्राई,यम बहादुर वली, सुनिलबावु’ डागँँीलगायत रहेका छन ।

नेपाल विद्यार्थी सघं तुलसीपुर उपमहानगरकाका नगर सयोजंक राजिब पाण्डेको अध्यक्षता एवं नेपाली काग्रेंस क्षेत्र नं ४ का क्षेत्रीय सभापती जगत बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले समाज रुपान्तरणमा युवा वर्गको भुमिका महत्वपुर्ण रहने भएकोले अवको राजनीतिक नेतृत्व युवाले गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा तरुणदलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने,नेपाली काग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का सभापती बलराम खत्री,नेबिसघंका जिल्ला कोषाध्यक्ष अरुण लहरे, प्रजातान्त्रिक उद्योग व्यापार संघ तुलसीपुरका अध्यक्ष जनक खराल , नेविसंघका जिल्ला सदस्य घनश्याम भण्डारी, नेपाल दलित सघंका सहसचिव खेमराज बिक, नेविसंघ अश्वार मावीका उपसभापती अमृत वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेविसघंका नरेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी नेता बिदुरराज गौतमले गर्नुभएको थियो ।

सघंले हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्देै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*