Home / Feature Breaking news / कांग्रेस क्षेत्र नम्बर तीनले भन्योः ‘उपक्षेत्रीय अस्पताललाई व्यवस्थित गर’

कांग्रेस क्षेत्र नम्बर तीनले भन्योः ‘उपक्षेत्रीय अस्पताललाई व्यवस्थित गर’

दाङ, १३ भदौ

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले राप्ती उपक्षेत्रीय अस्पताल व्यवस्थापनको कमजोरीले गर्दा अस्तव्यस्त भएकाले विरामीहरुलाई दिने सेवामा प्रभावकारी बनाउन माग गरेको छ ।

क्षेत्रीय समितिको आज वुधवार घोराहीमा बसेको बैठकले उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णयसँगै अस्पताल अस्तव्यस्त बनेको, दरबन्दी अनुसारको चिकित्सकहरु नँहुदा विरामीहरु निजी क्लीनिकहरुमा उपचार गर्न बाध्य भएकाले अस्पताललाई व्यवस्थित गराउन माग गरेको हो ।

अस्पतालले सेवा नदिदा गरिब विरामीहरु एपचारबाट बञ्चीत भईरहेकाले सर्वसाधारण जनताहरुको उपचारमा खेलवाड नगर्न माग गरेको छ । साथै यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधीहरुले यस विषयमा गम्भीर भएर ध्यान दिन पनि कांग्रेस क्षेत्रीय समितिले अनुरोध गरेको छ ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले लमही–घोराही–तुलसीपुर सडकखण्डमा अलपत्र परेका पुल एवं सडक विस्तारको काम छिटो सम्पन्न गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेको छ ।

वर्षाको समयमा यात्रुहरुले दैनिक सास्ती भोगिरहेको भन्दै निर्माणधिन पुल र सडक विस्तारको काम छिटो सम्पन्न गर्न सम्बन्धीत निकायसँग माग गरेको हो ।

यसगरी बैठकले पछिल्ला समयमा पश्चीम नेपालको कञ्चनपुर लगायत देशका विभिन्न स्थानमा बलात्कार एवं हत्याजस्ता अपराधिक घटनाहरुश्र घटिरहेकाले वर्तमान सरकारलाई गम्भीर हुन अनुरोध गरेको छ ।

घटनाको सत्यतथ्य छानविन गरि अपराधीलाई कारबाही गर्न पनि माग गरिएको छ । साथै स्थानीय तहहरुले जनताहरुले थेग्नै नसक्ने गरि मनपरि कर लगाएर जनताहरुको ढाड सेक्ने काम गरेको भन्दै जिल्लामा रहेका स्थानीय तहले करको उचित समायोजन गर्न माग पनि बैठकले गरेको सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।

बैठकले कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित संविधानसभा सदस्य शीला खड्का, डिएलए नेपालको केन्द्रिय सदस्यमा निर्वाचित निर्मल गौतम र ट्रेड युनियन कांग्रेसको उपमहासचिवमा निर्वाचीत भएकोमा गणेशबहादुर केसीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएको छ ।

यस्तै घोराही १४ ढोडेनी निवासी क्रियाशील सदस्य केशव भण्डारी, घोराही ६ का क्रियाशील सदस्य चिन्तामणी खनालको छोरा खेमराज खनाल र घोराही ११ का प्रेमराज लम्सालको छोरा हेमन्त लम्सालको निधनप्रति दुःख व्यक्त व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ । बैठकको सहजिकरण सचिव कमल गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*