Home / Feature Breaking news / जिल्लाको समिक्षाः भौतिक प्रगतीमा फड्को मार्दै

जिल्लाको समिक्षाः भौतिक प्रगतीमा फड्को मार्दै

विमला घर्ती
घोराही, १४ भदौ  

जिल्लामा भएका प्रगतीको बिषयमा समिक्षा गरिएको छ । जहाँ एक बर्षको समयअवधीमा नागरिकले अपेक्षा गरेअनुसार तिव्र प्रगती नभएपनि योजना कार्यान्वयनको चरणमा रहेको निश्कर्ष निकालिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाको प्रगती अवस्थाको बिषयमा समिक्षा गरियो । जहाँ उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा जिल्लाका अन्य सरकारी र गैरसरकारी कार्यालयहरुले कामको समिक्षा गरेका थिए । घोराही उपमहानगरपालिकाले एक बर्षमा गरेका कामका बारेमा जानकारी तथा समिक्षा गरिएकोे थियो । संगठन संरचना र समायोजन समयमा नभएका कारण कर्मचारी अभाव हुनाले उमनपा तथा वडाबाट दैनिक हुने सेवा प्रवाहमा केही समस्या रहेको ।

पहाडी भू—भाग रहेको वडा नं. १९ को वडा केन्द्र जोड्न घोराही–मसिना लाकुरी छेरा हुँदै जाने नयाँ सडकको ट्रयाक, लक्ष्मीपुर–सवारिकोट, बालिमखोला करमकोट बस्तीकोट र रज्यमन्नामीमा सडकको ट्रयाक खोली त्यस भेगमा पहिलो पटक सवारी साधन पु¥याइएको, दामोदर रोडको कुईरेपानी–सर्राखण्डलाई १६ मिटर चौडाई पार्ने काम पूरा गरिएको, ढिकपुर, गुलरिया, गङगटेसोता, गिठेपानी र कटही गरी छ ठाउँमा जलासाय निर्माण, वर्षौ देखि नियन्त्रण गर्न नसकिएको लख्वारे कुलामा जलाशय सहितको बाँध निर्माण, मा.वि. धर्ना लगायत विभिन्न सात ठाउँमा खानेपानी तथा सिंचाइ प्रयोजनका लागि डिप बोरिङको काम संचालनमा, वडा नं. १६ लाई खरको छानो मुक्त वडा घोषणा गरिएको जानकारी गराइएको छ ।

छिट्टै फोहर प्रशोधनबाट ग्याँस र मल उत्पादन गर्ने तयारी भै रहेको, फोहर व्यवस्थापनका लागि तीनवटा कम्प्याक्टर गाडी र एक वटा स्काइभेटर गाडी खरिद, अग्नि नियन्त्रणका लागि थप एक दमकल खरिद, वडा नं. २ को रामपुरमा मेडिकल अधिकृत सहितको सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालन भएको,  ज्येष्ठ नागरिक तथा अन्य नागरिकका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गरिएका छन् ।

वडा नं. १४ मा केरा पकाउने चेम्वर स्थापना गरिएका कारण विषादी रहित केरा खान पाउने अवस्था सृजना, वडा नं. ७, ८, १०,१६ र १७ को वडा कार्यालयहरुका लागि नयाँ कार्यालय भवन निर्माण भैरहेको, वडा नं. १७ मा रहेको गुलरिया क्रिकेट मैदानमा जग्गा खरिद गरी क्षेत्र विस्तार गरिएको, वडा नं.१४ स्थित पशुवधशाला निर्माणका लागि तटबन्ध गरी निर्माण प्रक्रिया अगाडि बढाइएको, गत आ.व.मा राजश्व बाँडफाँड नियमानुसार समयमा नआएको कारण योजना संचालन  प्रकृयामा कठिनाई भएको जानकारी दिइएको छ । तर नयाँ संरचना अनुसार खटाइएका कर्मचारीहरुलाई भौतिक पूर्वाधारको अभावले व्यवस्थापनमा कठिनाइ, स्थानीय तहसँग सम्बन्धित संघीय कानुन अभाव र प्रदेस सरकारबाट स्थानीय कानुन निर्माण सम्बन्धी कानुन समयमै नआउँदा स्थानीय कानुन बनाउँन ढिलाई हुँदा कतिपय कार्य गर्न समस्या भएको गुनासो थियो ।

उता तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्नो प्रगती अवस्थाको वारेमा जानकारी गराउदै समिक्षा गरिएको थियो । उपमहानगरपालिकामा स्तनपान कक्ष निर्माण, डिजिटल नोटीस बोर्ड, पातुखोलाको किनाराको जग्गा संरक्षण गरि अटो भिलेज निर्माण, कर तथा राजश्व तिर्नको लागि टोकन सिस्टम प्रणाली,१९ वटै वडा कार्यालय बाट एकिकृत सम्पत्तिकर       तथा अनलाइन पञ्जिकरणको व्यवस्थाको  शुरुवात गरिएको जानकारी गराइएको छ ।

लमही नगरपालिकामा नगर सरसफाइ अभियान, धार्मिक तथा पर्यटकीय स्थल रिहार तथा जखेरा तालको गुरू योजना निर्माण, कुल पुँजिगत बिनियोजित बजेटको ९३ प्रतिशत रकम खर्च गरिएको बताइएको छ ।

सबै वडाहरूमा वडा कार्यालय स्थापना गरी राजस्व लगाएत एकिकृत सम्पत्ती कर लिने ब्यवस्था, लमही नगरपालिका क्षेत्रको रिङरोडको डिपीआर तयार, नगर स्वास्थ्य केन्द्र स्थापना, लमही अस्पताल मार्फत निशुल्क स्वास्थ्य कार्यक्रम (बालबालिका,जेष्ठ नागरिक, महिला स्वास्थय स्वयम सेवीका र मुक्त कम्लहरीहरू ) लमही न.पा. ९ का बाढी पिढित घरपरिवारलाई २३ वटा आवास निर्माण र हस्तान्तरण गरिएको प्रगती विवरणमा राखिएको छ । यस्तै समस्या तथा चुनौतीहरुमा दरवन्दि अनुसार कर्मचारी अपुग हुनु, सरकारहरू बिच अधिकार क्षेत्रका विषयमा, समन्वय र नीतिगत अस्पष्टता, नयाँ संरचना बमोजिम कर्मचारी तथा जनप्रतिनिधिहरू लाइ तालिम तथा सिकाइ अनुभवमा कमि हुनु जस्ता समस्या देखाइएको थियो ।

उता बबई गाउँपालिकामा सडक संजाल विस्तार, गाउँपालिका भित्रका करिब ९० प्रतिशत गाउँ तथा टोलहरुमा सडक संजालले जोडिएको, वडा कार्यालयहरु व्यवस्थापन,  सबै वडाहरुमा सबैको पायक पर्ने ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा संचालन गरिएको, गाउँपालिका भित्र रहेका दुई वटा स्वास्थ्य चौकीहरुमा २४ घण्टे प्रसुती सेवा संचालन गरेको र आकस्मिक सेवाका लागि २ वटा एम्बुलेन्स खरिद गरी सेवा संचालन गरेको प्रगती विवरण सार्वजनिक गरिएको छ ।

गढवा गाउँपालिकामा जनशक्तिको अभाव, कार्यक्षमताको अप्राप्तता हुँदा भौतिक प्रगति ९६५ र वित्तिय प्रगति ८२५ हुनसकेको बताएको छ ।

स्थानीय तह संचालनका लागि आवश्यक पर्ने आधारभुत २२ वटा कानून निर्माण, भारत देखी पानी ल्याएर खानुपर्ने कोईलावासको समस्या डिपबोरिङ्गबाट खानेपानीको व्यवस्था गरिएपछी उक्त समस्याबाट मुक्त भएको, क्रमागत योजनाका रुपमा गा.पा. को प्रमुख प्रशासकीय भवन र वडाको कार्यालय भवन बनाउन प्रारम्भ, अलपत्र परेको लमही( कोईलावास सडकखण्डका सम्बन्धमा रहेको सबै विवादहरु समाधान गरी निर्माण कार्य शुरु, भौतिक निर्माण कार्यलाई मितव्ययी, पारदर्शी, गुणस्तरियता कायम गर्न ईडिबी तयार, गाउँपालिकाको स्वामित्वमा रहेका प्रमुख ५ वटा सडकहरुको डिपीआर कार्य सम्पन्न, दिगो भौतिकपूर्वाधार निर्माणका लागी सडक कालोपत्रे तथा पक्कीनालीका कार्यहरु प्रारम्भ भएको प्रगती भएको जानकारी गराइएको छ ।

विद्युतिय शासन प्रणालीका प्रवर्दनका लागि गाउँपालिका विद्युतिय हाजिरी, गा.पा. को वेवसाईड, ईमेल, फेसबुक, टुईटर, लेखा तथा राजस्वका सफ्टवरहरु संचालन गरिएको बताइएको छ ।

राप्ती गाउँपालिकामा भवन निर्माण तथा योजना मापदण्ड तयार, गाउं नगर यातायात गूरुयोजना तयार, २ वटा पक्की पूलको डि पि आर तयार, अभिलेखीकरणको लागि घर नक्शा निशूल्क उपलब्ध, राप्ती चक्रपथको डि पि आर तयार, सम्पूर्ण वडामा टोल विकास संस्थाहरु गठन,  विभिन्न २० वडामा नमूना कानुनको निर्माण, ३ वटा सामूदायिक स्वास्थ्य इकाईको स्थापना तथा सञ्चालन प्रविधिमैत्री कार्यालय बनाउन बायोमेट्रीक हाजिरी,सी.सी.टिभी र डिजीटल नोटीस बार्ड राखिएको जानकारी गराइएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका वडा नं. ४ तितेगैरामा वर्षेपानि संकलन कृतिम पोखरी (ड्याम) निर्माण  गरिएको, वडा नं. ५ लाइ पूर्ण सरसफाई उन्मुख वडा घोषणा, ऐतिहासिक गडिलेख पुनर्रनिर्माण संरक्षण र बंगलाचुली पर्यटकीय स्थल पूर्वाधार निर्माण, वडा नं. ७ र ८ (साविक हाँसीपुर) लाई गाउँपालिका सँग जोड्ने गणतन्त्र मार्ग निर्माण, वडा नं. ५मा सामुहिक फलफूल खेती सुरु, स्वास्थ्य संस्था नभएका वडाहरुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना, सामुदायिक वनसँगको सहलगानीमा वि.पि. मार्गको बाँकी ट्रयाक खोलिएको जानकारी गराइएको छ ।

दंगीशरण गाउँपालिकामा ५० वटा सडकमा ३१ हजार नौ सय २५ मिटर लामो सडक ग्राभेल गरिएको, ६१ वटा कच्चि बाटोको २७ सय २५ मिटर कच्चि बाटो निर्माण, ४८ वटा २३ हजार आठ सय ८० मिटर कच्चि नाला निर्माण, २८ वटा एक हजार नौ सय नौ मिटर पक्की नाला निर्माण, १८ वटा पक्कि कल्भर्ट निर्माण, वटा भवन  निर्माण, पाँच सय ५० मिटर पार्खल निर्माण, ६ वटा पक्कि डूड निर्माण गरिएको छ ।

यसका साथै दुई सय ८९ मिटर विद्युत लाइन विस्तार, ६ सय आठ मिटर तटबन्ध निर्माण, आठ हजार मिटर खानेपानी पाइप विस्तार, ६ वटा खानेपानी ट्यांकी निर्माण,  २१ वटा कुवा निर्माण गरिएको प्रगती सार्वजनिक गरिएको थियो । भने समिक्षा गरिएको छ ।

जिल्लाका ४४ सरकारी तथा गैर सरकारी कार्यालयहरुले प्रगती समिक्षा गरेका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*