Home / Feature Breaking news / सामुदायिकद्वारा एसपी शर्मालाई स्वागत

सामुदायिकद्वारा एसपी शर्मालाई स्वागत

दाङ, १३ भदौ

सामुदायिक प्रहरी सेवा केन्द्र दाङले प्रहरी उपरिक्षक कृष्णहरि शर्मा पोखरेलसँग परिचयात्मक कार्यक्रम वुधवार सम्पन्न गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना हालै जिल्ला प्रहरी कार्यालय दाङमा प्रमुख भएर आउनुभएका प्रहरी उपवरिक्षक शर्मासँग परिचयात्मक एवं स्वागत कार्यक्रम गरेको हो ।

केन्द्रका अध्यक्ष विष्णुप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक शर्माले समुदायसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले गरेका कार्यहरु उत्कृष्ट भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा केन्द्रले जिल्लामा केही नमूना कार्यहरु पनि गरेको आफूलाई जानकारी भएको भन्दए उहाँले आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रका सल्लाहकार भुपेन्द्र सुवेदीले दाङमा सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना देखी हालसम्म भएका महत्वपूर्ण कार्यहरुबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले केन्द्रका समस्याका बारेमा पनि प्रष्ट पार्नुभएको थियो ।

उहाँले सामुदायिक प्रहरी सेवा केन्द्रको भवनकालागि पहल गरिदिनु एसपी शर्मालाई अनुरोध पनि गर्नुभयो । कार्यक्रममा सल्लाहकारहरु कुमारराज श्रेष्ठ, अमृत रावत, निशान्त आचार्य, दिपक शर्मा, उपाध्यक्षक कृष्णा राना, सहसचिव कुलबहादुर घर्ति, कोषाध्यक्ष कैलाश रोका मगर, सदस्यहरु हुमा डिसी, दिर्घनाराण पाण्डे, लक्ष्मी जोशी लगायतले पनि आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण केन्द्रका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

ट्राफिक प्रमुखलाई पनि स्वागत

यसैगरि केन्द्रले वुधवार नै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरलाई पनि स्वागत गरेको छ । त्यस अवसरमा पपरिचयामक कार्यक्रम पनि भएको थियो ।

40380032_1352548664875211_7825064641012170752_n

ट्राफिक सचेतनाका विषयमा सहकार्य गरेर सचेतनामूलक कार्यक्रम गर्ने विषयमा पनि छलफल भएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*