Home / Feature Breaking news / चाडपर्वमा उपभोग्यवस्तुको अभाव हुन्नः भुषाल

चाडपर्वमा उपभोग्यवस्तुको अभाव हुन्नः भुषाल

घोराही, ३ असोज

दाङ जिल्ला उद्योग वाणीज्यसंघका अध्यक्ष नारायण भुसालले चाडपर्वका समयमा उपभोग्यवस्तुको अभाव नहुने बताउनु भएको छ ।

क्रियाशील पत्रकार महीला (डब्लुडब्लुजे)दाङले सन्डेक्लव अन्तरगत आज घोराहीमा गरेको ठुला चाडपर्वका समयमा बजारमा हुन सक्ने खाद्य पदार्थको कृतिम अभाव तथा कालोबजारी नियन्त्रणमा उद्योग वाणीज्य संघको भूमीका विषयक अन्तरक्रीया कार्यक्रममा प्रमुख अतीथीको रुपमा बोल्दै अध्यक्ष भुषालले यस्तो वताउनु भएको हो ।

डब्लु डब्लु जे दाङकी कोषाध्यक्ष रोशनी मल्लको अध्यक्षता एवं दाङ उद्योग वाणीज्य संघका अध्यक्ष नारायण भुषालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै भुसालले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर चाडपर्वका समयमा हरेक सामानमा विशेष छुट दिने पनी वताउनु भएको छ । यसैगरी भुसालले उद्योग वाणीज्यसंघले व्यसायीक हकहितका साथ साथै विभीन्न समाजीक तथा विकास निमार्णका कामहरु समेत गरेको स्मरण गराउनु भयो ।

उहाले झोलेपोके व्यापारीहरुले उपभोक्ताहरुका साथ साथै व्यवसायीहरुलाइ समेत मार गरीरहेको बताउदै यसलाई नियन्त्रणका लागी कदम अगाडी बढाइसेको समेत बताउनु भयो ।

कार्यक्रममा उद्योग उपाध्यक्ष बसन्त जोशीले दाङमा खाद्य वस्तुको कृतीम अभाव तथा कालो बजारी नहुने भन्दै त्यस्तो गरेमा संघले अनुगमन गरि कारबाही गर्ने बताउनु भयो । महासचिव नरेश कार्कीले चाडपर्वका समयमा माग बढ्ने र मागसँगै मुल्य बढ्ने अर्थशास्त्रको सिद्धान्त भए पनि व्यवसायीहरुले उपभोक्ताहरुलाई अधिकतम् सरल र सहज रुपमा उपभोग्य वस्तुहरु विक्री गर्ने बताउनु भयो ।

सचीव माया पोख्रेलले चाडपर्वका समयमा उपभोक्ताहरुले अलि वढी उपभोग्य सामानहरु माग गर्दा केही समस्या देखीने गरेको बताउदै यस्ता समस्यालाइ समाधान गर्न उद्योग वाणीज्यसंघ लागी पर्ने वताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लीला शाह, प्रेस युनीयनकी केन्द«ीय सदस्य सुलोचना गौतम, क्रीयाशील पत्रकार महीला दाङकी संस्थापक अध्यक्ष वसुन्धरा गौतम लगाएतले उपभोक्ताहरुले सुलभ र सहज रुपमा उपभोग्यवस्तु प्राप्त गर्ने वातावरण बनाउन उद्योग वाण्ीज्य संघलाई आग्रह गर्नुभएको थियो । क्रियाशील पत्रकार महीला डव्लु डव्लु जे का सदस्य निरला अर्याल गैरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*