Home / Feature Breaking news / दलित बस्तीमा कांग्रेसकाे सहभाेज

दलित बस्तीमा कांग्रेसकाे सहभाेज

घाेराही, २४ असाेज

घाेराही उपमहानगरपालिका वडा नम्बर १२ काे टिकरी दलित बस्तीमा सहभाेज कार्यक्रम भएकाे छ । नेपाली काग्रेस त्रिपुरकाे अायाेजनामा बडादशै, दीपावली र छठ पर्वकाे अवसरमा दलित बस्तीमा शुभकामना अादानप्रदान र सहभाेज कार्यक्रम गरेकाे हाे ।

समतामूलक समाज निर्माणकालागी सहभाेज कार्यक्रममा दलितहरूकाे बाक्लाे सहभागिता रहेकाे थियाे ।

त्रिपुर नगर सभापति दिपक पाण्डेकाे अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काकाे प्रमुख अातिथ्य र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीकाे विशिष्ठ अातिथ्यमा भएकाे कार्यक्रममा बाेल्नु वक्ताहरूले दलित र गैरदलितबीच हुने भेदभाव अन्त्यकालागी सबै लागीपर्नुपर्ने बताएका थिए । जातिय भेदभाव सामाजिक अपराध भएकाे भन्दै यसकाे अन्त्यकालागी यस्ता कार्यक्रमहरू अायाेजना हुनुपर्ने उनीहरूकाे भनाई थियाे ।

कार्यक्रममा नेपाली काग्रेस दाङका सदस्य बालिका लम्साल, नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ ‘ख’ का सभापति कमल गाैतम, नेपाली कांग्रेस रून्टीगढी गाँउपालिका राेल्पाका सभापति जगत पुन, क्षेत्रीय सदस्य लीला नेपाली, शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत, नेपाली कांग्रेस घाेराही- ८ का सभापति कुलप्रसाद रजाैरे (श्रवण), दलित संघ दाङका सभापति बाबुराम बि.क, दलित जेष्ठ नागरिक लक्ष्य चुनारा, दलित नेता नक्षेत्र बि.क, नरसिंह बिक, माेहन न्याैपाने, सेवकराज अाचार्य, वेदप्रसाद ढकाल, राजु गन्धर्व, तुजबहादुर खत्री, विरबहादुर नेपाली, एकराज अाचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

प्राजान्त्रिक उद्याेगी व्यवसायी संघ नारायणपुरका अध्यक्ष डिल्लीबहादुर वलीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण काग्रेस त्रिपुर सचिव विष्णुकुमार देवकाेटाले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*