घोराही, ४ असोज
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आगमी प्रतिनिधी सभा र प्रदेश सभाकालागि उमेद्वार छनोटको प्रक्रिया सुरु गरेको छ । प्रतिनिधी सभा र प्रदेश सभाकालागि प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरु छनोटकालागि गाँउ तथा नगर समितिबाट सिफारिस गर्नकालागि पत्राचार गर्ने भएको छ ।
क्षेत्रीय समितिको आज वुधवार बसेको बैठकले लोकप्रीय एवं स्थानिय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उमेद्वारहरुलाई विजयी बनाउनकालागि क्रियाशील भएर लागेकाहरुको नाम सिफारिस गर्नकालागि पार्टिको १३ औँ महाधिवेशनबाट गठन भएका गाँउ तथा नगरलाई पत्राचार गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रिय समितिको विज्ञप्ती अनुसार यही असोज १० गतेसम्म गाँउ र नगरले क्षेत्रमा र क्षेत्रले असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले असोज १७ गतेभित्र केन्द्रमा उमेद्वारहरुको नाम सिफारिस गरिसक्नुपर्ने भएकाले वडाहरुबाट उमेद्वारको नाम माग गरिएको क्षेत्रीय सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।
बैठकले नेपालीहरुको महान् पर्व विजयादशमी तथा दिपावलीको अवसरमा सम्पूर्णमा शुभकामना दिदै असोज ६ गतेदेखी वडाहरुमा शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न नेपाल शिक्षक महासंघको अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत हुनुभएकोमा नेपाल शिक्षक संघ दाङका पूर्व अध्यक्ष अमरबहादुर खड्का र नारायणपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित हुने सम्पूर्ण विजयीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ ।
यस्तै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदीको आमा र दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीको वुवाको असामयीक निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
RaptiSandesh RaptiSandesh