Home / Feature Breaking news / घोराही उपमहानगरपालिका एमालेकरण गर्न खोजेको भन्दै वडा अध्यक्षहरुद्धारा कार्यक्रम वहिष्कार

घोराही उपमहानगरपालिका एमालेकरण गर्न खोजेको भन्दै वडा अध्यक्षहरुद्धारा कार्यक्रम वहिष्कार

घोराही, ४ असोज

घोराही उपमहानगर पालिकाका प्रवक्ताले साझा चरित्र नदेखाएको भन्दै वडा अध्यक्षहरुले कार्यक्रम वहिष्कार गरेका छन् ।

घोराही उपमहानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट सिटी घोराही, सम्भावना र चुनौति विषयक छलफल कार्यक्रममा कार्यक्रम सञ्चालकले कार्यक्रम सञ्चालन गर्ने क्रममा साझा चरित्र नदेखाएको भन्दै उपमहानगरपालिकाका ९ वटा वडा अध्यक्षहरुले वहिष्कार गरेका हुन् ।

कार्यक्रम सञ्चालक उपमहानगरपालिकाका उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले साझा चरित्र नदेखाइ पार्टीकरण गरेको भन्दै घोराही उपमहानगरपालीकाका ९ वटा वडा अध्यक्षहले आपत्ति जनाउदै कार्यक्रम वहिष्कार गरेका हुन् ।

कार्यक्रममा सहभागीहरु बोल्नकालागि दिईएको समयमा सम्पूर्ण ९ वटै वडाका अध्यक्षहरुको तर्फबाट बोल्दै १५ नम्बर वडाका अध्यक्ष रमेशकुमार पाण्डेयले घोराही उपमहानगरपालिका आयोजक रहेको ब्यानरमा कार्यक्रम गर्दा हाम्रो पार्टि नेकपा एमालेका नेता भनेर सम्वोधन गरिनु साझा चरित्र नभएको बताउनुभयो । उहाँले उपमहानगरपालिकालाई पाटिकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएलगत्तै वडा नम्बर ३, ५, ६, ८, १०, १२, १४, १५ र १७ नम्बर वडाका अध्यक्षहरु कार्यक्रम छोडेर निस्केका थिए ।

उपमहानगरपालिकालाई एमालेकरण गर्न खोजिएकाले आफूहरुले कार्यक्रम वहिष्कार गरेको वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले बताउनुभयो । स्मार्ट सिटी बनाउने जस्तो गम्भीर विषयमा छलफल गरिएको कार्यक्रमलाई पार्टिको कार्यक्रमजस्तो बनाउन खोजिनु राम्रो नभएको भन्दै उहाँले यस्तै गर्दै गएमा स्मार्ट सिटीको अवधारण नै धरापमा पर्न सक्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट सिटि घोराही निर्माणका लागी सम्भावना र चुनौति विषयक छलफल’ कार्यक्रम घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षता तथा एमाले पोलिट ब्युरो स्थायि कमिटिका सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*