Home / समाचार / शरण सम्झना कपको फाइनल खेल आज हुँदै

शरण सम्झना कपको फाइनल खेल आज हुँदै

दाङ,७ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को फाइनलमा आज घोराहीको भरतपुर खेल मैदानमा हुने भएको छ । दिउँसो २ बजे हुने प्रतियोगिताको फाइनल खेल आयोजक राप्ती क्वल र बडहरा युवा क्वलका विच हुने आयोजक राप्ती क्वलका सचिव श्याम गिरीले जानकारी दिए ।

rapti

१२ क्वलहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा आयोजक राप्ती र बडहरा भिड्न थालेका हुन । प्रतियोगिताको सेमिफाइनल खेलमा आयोजक राप्ती क्वल न्यू स्टार फुटवल एकेडेमीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने बडहरा युवा क्वल युएनबिसीलाई हराएर फाइनलमा प्रवेश गरेको हो ।

badahara

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको बिजेता क्वलले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*