Home / समाचार / राष्ट्रिय जनमोर्चा तुलसीपुर समितिको अध्यक्षमा पोख्रेल

राष्ट्रिय जनमोर्चा तुलसीपुर समितिको अध्यक्षमा पोख्रेल

दाङ,८ बैशाख । राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका समितिकोे अध्इक्षमा श्यामलाल पोख्रेल चयन हुनुभएको छ । राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगर कमिटिको शनिवार झुमरेमा सम्पन्न भेलाले पोख्रेललाई अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनले पोख्रेलको अध्यक्षता सदस्यपछि थप गर्ने गरि २१ सदस्यीय नगर समिति चयन गरेको छ । जसको उपाध्यक्ष ढुण्डीराज खनाल,सचिब दुर्गाप्रसाद भण्डारी, सहसचिब दुर्गा पोख्रेल, कोषाध्यक्ष जुद्दबहादुर नेपाली रहनुभएको छ । त्यस्तै सदस्यहरूमा दुर्गा खनाल, रुकुमप्रसाद भण्डारी, उत्तम भण्डारी, शान्ता खनाल, बेगम बिष्ट, नारायण भण्डारी, मनबहादुर गुरुङ, बिष्णा पौडेल, माया चौधरी, नुमा बिक, पिताम्बर शर्मा, रेगबहादुर बिक, कृष्ण चौधरी, उमानन्द खनाललगायतका रहनु भएको छ ।

भेला आयोजक समितिका सयोजक श्यामलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मेलनको जिल्ला उपाध्यक्ष दोर्ण घर्तिले मैनबत्ती बालेर उदघाटन गर्नु भएको थियो । सम्मेलनलाई नेकपा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला सचिब गणेश आचार्य, कोषाध्यक्ष ऋषिराम पौडेल, सदस्य इश्वरी भण्डारी, अखिल नेपाल किसान संघ जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, अखिल नेपाल महिला संघ नगर सचिव शान्ता खनाललगायतले सुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दुर्गा भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन सुशिल पोख्रेलले गर्नु भएको थियो । आगामी जेष्ठ ४ र ५ गते वर्ग संघर्ष र आमूल परिबर्तन हाम्रो अभियान गणतन्त्र , राष्ट्रियताको रक्षा तथा संघीयताको विरुद्धमा चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन हुदैछ । जिल्लासम्मेलनको लागि राष्ट्रिय जनमोर्चाले सम्मेलनलाई तिव्र रुपमा सञ्चालन गर्दे आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*