Home / समाचार / सर्वाेदय पुस्तकालयलाई पुस्तक

सर्वाेदय पुस्तकालयलाई पुस्तक

दाङ, १५ असोज
सर्वोदय वाचनालय तथा पुस्तकालय घोराही लाइ पुस्तक प्रदान गरिएको छ ।

शान्तिनगर गाऊपालिका वडा नं ७ धनौरा निवासी शिक्षा प्रेमी तथा मानव अधिकारकर्मी शोभाकर बुढाथोकी र उनकी श्रीमती शान्ता चन्दले पुस्तकालयलाई पुस्तक प्रदान गरेका हुन् ।

उनीहरुले पुस्तकालयका अध्यक्ष शुसिल गौतम, उपाध्यक्ष चन्द्रराज पन्त, सचिव सुदिप गौतम र केवि मसाललाई हस्तान्तरण गरेका थिए । बुढाथोकीले करिव २ सय ५० थान पुस्तक हस्तान्तरण गरेका थिए ।

यस क्षेत्र कै पुरानो पुस्तकालय लाइ सहयोग गर्न पाएको खुसि भएको बताएका थिए । अध्यक्ष शुसिल गौतमले पुस्तकालयको विकासमा चासो राखेर सहयोग गरि दिएकोमा धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*