Home / Feature Breaking news / महरामाथि यौन हिंसाको आरोप लगाउने महिलाले किन फेरिन् बयान ?

महरामाथि यौन हिंसाको आरोप लगाउने महिलाले किन फेरिन् बयान ?

काठमाडौं, १६ असाेज ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र महरा प्रकरण आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक नयाँ नेटवर्किङ कम्पनीको ठगी, वीर अस्पतालभित्रको बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।
कान्तिपुरले ‘किन भइन् पीडित युटर्न’ शीर्षक दिएर कृष्णबहादुर महरा यौन दुर्व्यवहार प्रकरणबारे थप उत्खनन् गरेको छ । समाचार अनुसार यौन हिंसामा परेको भन्दै मिडियामा आएकी महिलाले वयान फेरे पनि प्रहरी अनुसन्धानले महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ– आइतबार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि ८ः२५ मा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए ।

संसद् सचिवालयमा कार्यरत ती महिलाले सुरुमा आफू यौन हिंसामा परेको बताए पनि केही घण्टामै उक्त बयान बदलेकी छन् । उनले एक्कासि किन वयान फेरिन् भन्ने धेरैको जिज्ञासा छ । कान्तिपुरले उनी व्याक हुनुको ठोस कारण त प्रस्तुत गर्न सकेको छैन तर घटना सार्वजनिक पछि शाही परिवार वा नातेदारको साथमा नुहनु र महरानिकट व्यक्तिहरूको सम्पर्कमा पुग्नुलाई यसको कारण ठानेको छ ।
कान्तिपुरले सर्त हटाएर महराले दोस्रो पटक बुझाएको राजीनामा र सम्भावित सभामुखका उम्मेदवारबारे पनि चर्चा गरेको छ । समाचार अनुसार, नेकपाका नेताहरूले सभामुख बन्न लबिङ थालेका छन् । पूर्वएमालेबाट सुवास नेम्वाङ र शिवमाया तुम्बाहाङ्फे तथा पूर्वमाओवादीबाट ओनसरी घती, अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङ चर्चामा रहेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण एजेन्डाबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, भ्रमण विकासमा केन्द्रित हुनेछ । केरुङ–काठमाडौं रेलार्ग, सडक, सुरुङ मार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने अन्नपूर्ण समाचारमा लेखिएको छ ।
डीभीको नयाँ व्यवस्था, सभामुखले दोस्रोपटक सुटुक्क बुझाएको राजीनामाको प्रसंग पनि आजको अन्नपूर्णमा पढ्न सकिन्छ ।
नागरिकले वीर अस्पतालका निर्देशकको मनपरीबारे समाचार बनाएको छ । समाचार अनुसार वीरका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनामा पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल नै पेस गरेका छन् । उनले सार्वजनिक बिदाका दिन पनि खाजा खाएको भन्दै बिल पेस गरेका छन् ।
मृतक श्रमिकका परिवारलाई स्थानीय तहबाटै क्षतिपूर्ति दिइने समाचार कारोबारले छापेको छ भने राजधानीले सभामुख र उपसभामुखमध्ये एक पद नेकपाले गुमाउने लेखेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*