Home / Feature Breaking news / घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सांसद देवकोटाले गराइन् सरकारको ध्यानाकर्षण

घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सांसद देवकोटाले गराइन् सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले तोकिएको समयमा सम्पन्न नभई म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवकोटाले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*