अमरराज आचार्य
दाङ, ८ बैशाख । घोराही उपमहानगरपालिका ३ र ५मा स्थापन हुने औद्योगिक क्षेत्रको पहिलो चरणको अध्ययन सकिएको छ । विज्ञ टोलीले पहिलो चरणको अध्ययन सकेको उद्योग वाणिज्य संघका अध्यक्ष नाराणप्रसाद भुसालले वताए । स्थलगत रुपमा अध्ययनका लागि जिल्लामा आएको टोली अध्ययन सकेर राजधानी फर्कि सकेको छ ।
अध्यक्ष भुसालका अनुसार विज्ञ टोलीले उक्त क्षेत्रको ३ सय ८२ हेक्टर क्षेत्र फलमा अध्ययन गरेको थियो । औद्योगिक क्षेत्र स्थापनाका लागि विज्ञ सहितको टोली आएर अध्ययन गरेको थियो । अध्ययन गरेर फर्केको टोलीले प्रतिवेदन तयार गरेर सरकारलाइ वुझाउने अध्यक्ष भुसालले वताए ।‘अध्ययन गरी सकेर फर्केको टोलीले करिव १ देखि २ महिना मा रिपोर्ट तयार गर्ने छ’ अध्यक्ष भुसालले भने ‘ रिपोट वुझाइए पछि सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया अगाडि वढाउने छ ।’ सरकारले औद्योगिक क्षेत्रमा कस्ता उद्योगहरु स्थापना गर्ने, त्यसकालागि आवस्यक पुर्वाधार पुु¥याउन तर्फ अगाडि वढने उनको भनाइ छ ।
अध्ययन टोलिले फिल्ड वाट फर्के पछि अहिले प्राविधिक काम अगाडि वढाएको अध्ययनको जिम्मा पाएका वि डि ए नेपालका डाइरेक्टर तथा भुलोलविद् जगदीश श्रेष्ठले वताए । ‘फिल्डवाट फकिएपछि हामीले प्राविधिकको कामलाई अगाडि वढाएका छौ’ श्रेष्ठले भने । रिपोट तयार गरेर पछि औद्योगिक विकास क्षेत्र व्यवस्थापन लिमिटेडलाइ हस्तान्त्रण गरीने उनले बताए । उनले रिपोर्ट तयार गर्ने डेढ महिना देखि २ महिना सम्म लाग्ने बताए ।
औद्योगिक क्षेत्रको अध्ययनका लागि अर्थ विज्ञ डा. पिताम्वर रावल क्षेत्रि, सिनीयर इन्जीनियर शिवप्रसाद दाहाल, वि डिए कम्पनीका डाइरेक्टर तथा भुलोग विज्ञ जगदीश श्रेष्ठ, सिनीयर सर्भे इन्जीनियर डिल्लीप्रसाद त्रिपाठी तथा जिल्लामा रहेको सरकारी कार्यालयका प्राविधिकहरुको समेत सहभागिता थियो ।अध्ययन गरीएको क्षेत्र औद्योगिक क्षेत्र स्थापना गर्नेका लागि उपयुक्त रहेको श्रेष्ठले बताए । ‘हामीले रिपोर्ट तयार वनाएर वुझाउने छौ अन्य प्रक्रिया औद्येगिक विकास क्षेत्र व्यवस्थापन लिमिटेडले अगाडि वढाउने छ’ श्रेष्ठले भने ।
सरकारले धर्नामा औद्योगिक क्षेत्र स्थापना गर्नेका लागि वि डि ए नेपाल र ए डि एस सि इन्जीनियरीङ लिमिटेडलाइ जिम्मा दिएको छ र त्यसका लागि सम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजार समेत वजेट विनीयोजन गरेको छ । औद्योगिक क्षेत्रको स्थापना सँगै जिल्ला वासीहरुलाई विकास तथा रोजगारीमा समेत दिर्घकालीन रुपमा प्रभाव राख्ने छ । उक्त स्थान औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको यसका जानकारहरु बताउछन् ।
शहर वाट नजिकै, घना वस्ती नभएको र पानीको लागि सुविधा भएको हुदा उपयुक्त नै छ । औद्योगिक क्षेत्र स्थापना भएमा जिल्लामा रोजगारीको सृजना तथा आर्थिक विकासमा समेत महत्वपुर्ण भुमिका खेल्ने र स्थानिय स्रोत साधनको समेत प्रयोगमा आउने छ ।जिल्लामा औद्योगिक क्षेत्र स्थापनाका लागि नेतृत्व दाङ उद्योग वाणिज्य संघले गदै आएको छ । जिल्लाका सरकारी कार्यालय, राजनितक दल तथा स्थानिय वासीन्दाहरुले समेत सहयोग गदै आएका छन् ।