Home / Feature Breaking news / बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं,२२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० गोलले पराजित गरेको हो ।

खेलको ११ औं मिनेटमा नेपालका सुनिल बलले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका थिए । अब यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले फाइनल खेल्ने छ ।

फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४–० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २–१ गोलले पराजित गरेको थियो ।

यसैविच बंगलादेशका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले ’रेड कार्ड’ पाएका छन् । यो १३ औं सागको पहिलो ’रेड कार्ड’ पाएका छन् । नेपाली खेलाडीलाई फाउल गरेपछि दोहोरो पहेलो कार्ड पाउँदै उनले रेडकार्ड पाएका थिए । उनले रेफ्रीमाथि नै हातपातको प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*