Home / Feature Breaking news / सुनको मूल्य उक्लियो, पशलमा सुनसान

सुनको मूल्य उक्लियो, पशलमा सुनसान

दाङ, ९ भदौ । सुनको मूल्य अत्यधिक बढेपछि सुनपशलमा सुनसान देखिएको छ । सुन किन्न आएका ग्राहकहरुले उस्तै सुनजस्तै पशलमा भिड लाग्न थालेका छन् । पर्व जनिकिंदै गर्दा तिजको मुखमा अहिले सुनको भाउ प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा उच्च मुल्य हो ।

‘भाउ सुन्दै अत्तालिएं, वेलगनारकि सर्मिलाले भनिन्, अव सुनजस्तै पशलमा जाने सोंचमा छु ।’ उनीजस्तै धेरै महिलाहरु तीज नजिकिएसंगै सुनजस्तै नक्कली गहना पशलमा खेरिन थालेका छन् । अहिले बास्तवीक सुन चांदी पशलमा भन्दा बढि भिड सुनजस्तै देखिने जलपवाला सुन पशलमा बढ्न थालेको छ । व्यवसायीले भने अन्तराष्ट्रिय बजार मुल्यनै बृद्धि भएको बताएका छन् । यद्धपि नेपालमा भने व्यापारीले चाहेको समयमा प्रयाप्त मात्रामा सुन किन्न नपाउंदा पर्वकावेला अन्तराष्ट्रिय मुल्यको तुलनामा केहि भारी मुल्य हुने गरेको बताइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो । यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो ।

अन्तराट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तराष्र्टि बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । त्यस्तै सुनको मुल्य बढे संगै कुनै बेला भरिभराउ हुने सुनपसलहरु हाल भने सुनसान जस्तै छन् । नेपाली महिलाहरुको महानचार्ड तिज नजिकिदै छ ।

विशेष गरि चार्डपर्व नजिकिय संगै सुनपसलहरुमा ग्राहहरुको भिड लाग्ने गरेपनि यस बर्ष भने सुनसान रहेको व्यवसायीहरु बताएछन् । ‘सुनको मुल्य पढे संगै हाम्रो व्यापार पनि निकै घटेको छ, –व्यवसायी लोकराज स्वर्णकारले भने । ’ उनले यस अघिका बर्षहरुमा पसलमा भिडभाड हुने गरेपनि हाल भने सुनसान रहेको बताए । ‘सुनको मूल्य दिन प्रतिदिन बढेको छ, सुन बढे संगै व्यापार खसकेको छ उनले भने । चार्डपर्व संगै जिल्लामा सुनपसलहरुमा खुट्टा टेक्ने टाउ समेत नहुने गरेको थियो । तर हाल अन्य पसलहरुमा किनमेल गर्नेहरुको भिड लागेपनि सुनपसलहरु भने सुनसाननै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*