Home / मनोरञ्जन / सीर्जु अधिकारीको तिजको दर

सीर्जु अधिकारीको तिजको दर

दाङ, ९ साउन

बहुप्रतिभाशाली कलाकार हुन् सीर्जु अधिकारी । सुमधुर स्वरकी धनी सीर्जु शब्द रचना र संगीतमा पनि उत्तिकै क्षमताबान् छिन् । दर्जनौ चर्चीत गीतहरु बजारमा ल्याएकी सीर्जुका प्रायः गीत लोकप्रीय छन् ।

गायीकाका साथै मोडलिङमा पनि क्षमताबान् सीर्जुले यसवर्षको तीज गीत बजारमा ल्याएकी छन् । दाङ घर भई काठमाडौँमा काठमाडौंमा संगीत क्षेत्रमा संघर्षरत सीर्जुले तीज गीत तीजको दर हालै सार्वजनिक भएको छ । जुन गीत सार्वजनिक भएसँगै चर्चामा रहेको छ ।

रविन लामिछानेको शब्दमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष बरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी र सिर्जु अधिकारीको स्वर रहेको छ । यस गितमा चर्चित युवा गायक तिलक वलीको लय रहेको छ भने मालाश्री स्टुडियोमा अडियो रेकर्ड भएको हो । गितको एरेञ्ज तिलक वली र मिक्सिङ खडक बाजुरालीले गरेका छन् ।

शंकर बि.सीको निर्देशन रहेको म्यूजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको छ । दुर्गा पौडेलको सिनेमा ग्राफर रहेको भिडियोको सम्पादन नवीन घर्ति मगरले गरेका हुन् ।

कृष्ण फिल्मस ले निमार्ण गरेको उक्त म्युजिक भिडियो गायिका सिर्जु अधिकारीले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*