Home / Feature Breaking news / खेलकुदमा अलराउण्डर ‘यूएनविसी’

खेलकुदमा अलराउण्डर ‘यूएनविसी’

आर.के. शीतल
वि.स. २०५० सालतिर घोराही क्षेत्रका युवाहरु अहिले सडक विभाग रहेको मैदानमा फुटबल खेल्थे । फुटबलको अभ्यास गर्ने स्थान बनेको थियो यो स्थान । जुन स्थानमा फुटबल खेल्ने नरेन्द्र पुन लगायतका युवाहरु बेलुकाको समयमा खेल अभ्यास गर्थे । तीनै दिनमध्य एक दिन हो राजन पुन र लिला पुन युवाहरुले अभ्यास गरिरहेको समयमा पुगे । उनीहरु यू.के लाहेर थिए । उनीहरुलाई लाग्यो यो युवाहरुलाई क्लब बनाएर एक समूह बनाएर समेट्नुपर्छ । त्यसपछि क्लबको गठनको तयारी भयो ।

नाम राखीयो मंगोल ब्वाईज क्लब । २०५० सालमा स्थापना भएको यो क्लब २०५२ सालमा दर्ता भयो । त्यसपछि फुबटलमा एक शशक्त टिम बन्यो । घोराही क्षेत्रको लागि । जिल्लामै बलियो टिमको रुपमा आफूलाई स्थापीत गर्न यो क्लब सफल भयो । जिल्लामै उत्कृष्ट भएको यो क्लब राप्ती क्षेत्रमै एक नमूना क्लब बन्यो । कुनै प्रतियोगितामा दाङ घोराहीको मंगोल ब्वाईज क्लब भनेपछि कुनै टिम त खेल्नै डराउथे । राम्रो टिमको रुपमा आफूलाई परिचित बनाएको यो क्लबको चर्चा चुलिदै गयो । जतिबेला क्षेत्रीय छनोटमा मध्यपश्चीम क्षेत्रमा यो क्लबबाट ९ जना खेलाडी एकैपटक छनोट भए । जुन टिमले राष्ट्रिय खेलमा पनि उत्कृष्ट पर्दशन ग¥यो ।

UNBC 2

२०५८ सालमा मंगोल ब्वाईज क्लबको नामलाई परिवर्तन गर्ने तयारी भयो । द्धन्दकालको समयमा यो क्लबको नाम परिवर्तन गरियो । जसमा नयाँ बजार क्षेत्रका युवाहरु धेरै भएकाले ठाँउको नामबाट क्लबको नाम राखियोः युनाईटेड नयाँ बजार क्लब (यूएनविसी) । जुन नाम अहिलेको चर्चीत क्लब बनेको छ । यो क्लबको संस्थापक अध्यक्ष हुन्ः प्रकाश चापागाई । उनी हाल कोरियामा छन् ।

लामो समयसम्म उनी अध्यक्ष भएर क्लबलाई अगाडी बढाए । उनी अध्यक्ष हुँदा वुद्धिराम पुन जस्ता उत्कृष्ट खेलाडी क्लबले उत्पादन ग¥यो । जतिबेला क्लब स्तरिय फुटबल प्रतियोगिता, लखन थापा कप फुटबल प्रतियोगिता, नेत्रलाल अभागी कप फुटबल प्रतियोगिता जस्ता प्रतियोगिता हुन्थे । जतिबेला यूएनविसी उत्कृष्ट टीम बन्यो । उत्कृष्ट खेलाडी पनि उत्पादन भए । जतिबेला यूएनविसीका खेलाडीको विभिन्न जिल्लामा माग हुन्थ्यो । यस क्लबका खेलाडीहरु अहिले पनि विभिन्न जिल्लाहरुमा खेल्न जान्छन् । खेलेवाफत केही रकम पनि लिन्छन् उनीहरु । विस्तारै व्यवसायीक खेलाडी बनदैछन् ।

UNBC 1
यही क्लबले उत्पादन गरेका खेलाडी वुद्धिराम पुनले अहिले क्लबको नेतृत्वमा छन् । संस्थापक अध्यक्ष प्रकाश चापागाई कोरिया गएपछि विगत ६ बर्षदेखी पुनले नै क्लबको अध्यक्ष भएर नेतृत्व गरेका छन् । २०७१ सालमा तुलसीपुरमा भएको ‘सी’ डिभिजनको राष्ट्रिय फुटबल प्रतियोगितामा दाङ विजेता बन्यो । नुवाकोटलाई १ का विरुद्ध ३ गोलले विजयी भएको यूएनविसीको क्याप्टेन सुवर्ण बुढा थिए । अहिलेपनि दाङ लगायत छिमेकी जिल्लाहरुमा हुने प्रतियोगितामध्य ८० प्रतिशत प्रतियोगिताको उपाधी यूएनविसीले नै जित्ने गर्छ । ‘बि’ डिभिजन खेल्ने राप्तीका क्लबमध्य यो क्लब एकमात्र हो ।

यो क्लबलाई यहासम्म आईपुग्दा धेरै समस्या र चुनौति आईपरे । क्लबले भोग्यो आर्थिक समस्या अनि क्लबबाट खेल्ने खेलाडीहरुसम्म पनि त्यो समस्या प¥यो । पैसा नहुदा हिड्दै खेल्ने स्थानसम्म पुगेको, गाडीले बसबाटै विचबाटोमा झारिदिएको सम्झना क्लबका पूर्व खेलाडीहरुसँग छ । तुलसीपुरमा भएको फुटबल प्रतियोगितामा सहभागि हुन गएको र तुलसीपुरबाट घोराही आउदै गर्दा गाडी स्टाफले भाडा नपुगेपछि खैरामा झारिदिएको र त्यहा केही समय अलपत्र परेको र पछि टेक्टरमा घोराहीसम्म आएको सम्झना एक खेलाडी गर्छन् ।

यस्तै कतिपय अवश्थामा ट्रकको ट्रलीमा त कहिले कैलालीको जंगलमा रातिको समयमा हिड्दै यात्रा गरेको पूर्व खेलाडीहरु सम्झन्छन् । पोखरामा फुटबल खेल्न गएको समयमा भाडा नपुगेर भालुवाङमा गाडीवालाले झारिदिएको र भालुवाङमा घोराहीकै शोकबहादुर रोका भेटिएपछि उहाँले भोकै भएका आफुहरुलाई नास्ता खुवाएर भाडा दिएपछि आफूहरु घोराहीसम्म आईपुगेको अर्का एक खेलाडी सम्झन्छन् । कतिपय अवश्थामा त आर्थिक समस्या हुँदा त चाउचाउ खाएर पनि फुटबल खेलेको अनुभव पूर्व खेलाडीहरुसँग छ ।

UNBC

मुख्य आर्थिक समस्या भोगेको क्लबले अहिले भने खासै समस्या भोग्नुपरेको छैन । क्लबले उत्पादन गरेका खेलाडीहरु सुभचिन्तकहरु वैदेशीक रोजगारमा छन् । उनीहरु जहिले पनि सहयोगकालागि तत्पर हुन्छन् । उनीहरुको सहयोगले क्लबलाई आर्थिक समस्या भने परेको छैन पछिल्लो समयमा । अब यो क्लबलाई र क्लबका खेलाडीहरुलाई व्यवसायीक बनाउने सोचमा रहेको क्लबका अध्यक्ष वुद्धिराम पुन बताउछन् । ‘क्लबले धेरै समस्या भोग्यो हामी खेलाडी हुदा पनि आर्थिक समस्या भोग्यौ तर पछिल्लो समय भने हामीलाई खासै आर्थिक समस्या छैन ।’ अध्यक्ष पुनले भने­‘अब क्लबलाई पनि व्यवसायीक रुपमा अगाडी बढाउने र खेलाडीहरुलाई पनि व्यवसायीक बनाउने तयारीमा छौ ।’

विभिन्न उमेर समूहका खेलाडीहरुको फुटबल प्रतियोगिता गरिरहेको र २०७५ वर्षभित्रमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी आफूहरुको रहेको क्लबका अध्यक्ष पुनले जानकारी दिए । यो क्लबको फुटबलको म्यानेजर र कोचको काम अध्यक्ष पुनले आफै गरिरहेका छन् भने टीम क्याप्टेन रविन रोका रहेका छन् । यो टिमका खेलाडीहरुमा हाल गोपाल कवर, तिलक घर्ति, खुमबहादुर वली, रुपक शाही, स्वप्नील कुमाई, अशोक घर्ति, शिवराज गिरी लगायतका खेलाडीहरु रहेका छन् । यस क्लबले खेलाडी उत्पादन पनि गर्ने गरेको छ । क्लबले खेलाडीहरुलाई प्रशीक्षण गर्दै खेलाडी उत्पादन पनि गरेको छ ।

यूएनविसीको पहिचान फुटबल मात्र होईन । क्रिकेट र बक्सीङमा पनि यो क्लबको पहिचान छ । क्रिकेटमा पनि यो क्लब उत्कृष्ट हो । क्रिकेटमा सञ्जु केसी टिम क्याप्टेन र अशोक रोका टिम म्यानेजर रहेका छन् । बक्सीङलाई पनि दाङमा स्थापीत गर्न यो क्लबको महत्वपूर्ण हात छ । लामो समयसम्म बक्सीङको प्रशिक्षण गराएको यो क्लबले बक्सीङकालागि छुट्टै क्लब स्थापना गरेर समीर सिद्धिकीलाई जिम्मेजारी दिएको छ । अल्फा स्पोर्टस् ट्रेनिङ सेन्टर स्थापना गरेर बक्सीङकालागि प्रशिक्षण भईरहेको छ ।

यस क्लबबाट उत्पादन भएका खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलिरहेका छन् । जसमा फुटबलतर्फ ६ जनाले अन्तराष्ट्रिय खेल खेलिसकेका छन् भने दर्जनबढी खेलाडी खेलाडीहरु राष्ट्रिय खेल खेलिसकेका छन् । यस्तै क्रिकेटतर्फ ७ जना खेलाडीहरु अन्तराष्ट्रिय खेल र दर्जनबढि खेलाडी राष्ट्रिय खेल खेलिसकेका छन् । बक्सीङमा पनि ५ जना अन्तराष्ट्रिय र १० जना महिला ३ जना यूएनविसी क्लबलाई स्थापना गर्नेदेखी हालसम्म ल्याउन विभिन्न व्यक्तीहरुको महत्वपूर्ण भूमीका रहेको छ । जसमा संस्थापक राजन पुन र लिला पुनसँगै सुवर्ण पुन, कमल पुन, बसन्त पुन, विकास पुन, प्रकाश चापागाई, सुवर्ण बुढा, नारायण पुन, लेखराज केसी, दिलकुमार रोका, विमलकुमार सेन वली, गिरु रोदन महरा, नरेन्द्र पुन, वुद्धिराम पुन, एकराज गुरुङ, दिपेन्द्र पुन, योगेन खड्का, अमर रोका लगायतका रहेका छन् । खेलकुदको अलराण्डरको भूमीका निर्वाह गरिरहेको यस यूएनविसीलाई अझै उत्कृष्ट बनाउनकालागि सबैको साथ र सहयोग आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*