Home / Feature Breaking news / ५ किलो ग्राम अफिमसहित ३ जना पक्राउ

५ किलो ग्राम अफिमसहित ३ जना पक्राउ

घोराही, २१ जेठ
दाङमा ५ किलो भन्दा बढि लागु औषध अफिम सहित ३ जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको घेराही उपमहानगरपालिका वडा नम्बर १५ घोराहीको तुलसीपुर चोकमा ५ किलो २ सय ग्राम अफिम सहित ३ जना युवाहरुलाई पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा पाँच नम्बर प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

IMG_7440

पक्राउ पर्नेमा रोल्पा पाछावाङ ७ घर भई हाल दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३१ वर्षीय शक्तीराम वली, रुकुम भुमे गाउपालिका वडा नम्बर ८ का २७ वर्षीय एलनकुमार रोका मगर र रुकुम भुमे ६ का २८ वर्षीय देवबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्ति मगरले जानकारी दिए । पक्राउ परेकाहरुलाई प्रहरीले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरीले दाङमा लागु औषध अफिम पक्राउ गरेको यो दोस्रो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*