Home / समाचार / बीपी जयन्तीका अवसरमा नागेश्वर मन्दिर क्षेत्रमा वृक्षरोपन

बीपी जयन्तीका अवसरमा नागेश्वर मन्दिर क्षेत्रमा वृक्षरोपन

दाङ,७ साउन । बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १८ इकाइ समितीले मसिनास्थीत नागेश्वर मन्दिर क्षेत्रमा वृक्षरोपन गरेको छ ।

इकाइ समितीले विहिवार एक कार्यक्रमको आयोजना गरि वृक्ष रोपन गरेको हो । त्यस अवसरमा फलफूल, अन्य बोट विरुवा एवम फूल रोपिएको थियो । यो अवसरमा १ सय ५० विरुवा रोपिएको वडा इकाइ समितीका सभापती मधुसुदन अधिकारीले जानकारी दिएका छन् । बृक्षरोपन पछि आयोजना गरिएको कार्यक्रममा वोल्ने बक्ताहरुले वि पी कोइरालाले योगदानका वारेमा चर्चा गरेका थिए ।

उनीहरुले बीपीले देखाएको वाटोमा नेपाली काँग्रेसलाइ अगाडि वढाउनु पर्ने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रम इकाइ सभापती मधुसुदन अधिकारीको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती बिरकेश्वरी गौतमको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस दाङ क्षेत्र नं २ का सभापती भुपवहादुर डाँगीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु गोपालराज शर्मा, भिमप्रकास खड्का, निर्मल न्यौपाने, नेपाली काँग्रेस दाङ क्षेत्र २ (क) का सभापती गिरीराज सुवेदी, क्षेत्रीय सचिव वद्रीकुमार खड्का, महिला संघ महाधिवेसन प्रतिनिधि निरजा पोख्रेल, वडा नं १९का इकाइ सभापती ज्ञानवहादुर रायमाझी, वडा नं ४ का इकाइ सभापती युवराज आचार्य, नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापती तिलक रावत लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण इकाइ सचिव घनवहादुर रावतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*